Similar Articles

असाधारण योग्यता र अमेरिकाको ग्रीन कार्ड सम्बन्धी प्रश्न---यटर्नी-एट-ल बासु फुलारा

बिराट नेपाल

तपाईँ असाधारण योग्यता, प्रतिभा र सामर्थ्यका धनी हुनु हुन्छ र तपाईँले निम्न क्षेत्रहरू, [१] विज्ञान, [२] कला, [३] शिक्षा, [४] व्यापार , र [५] खेलकुदमा आफ्नो नाम सबै भन्दा माथि राख्नु भएको छ र सम्बन्धित क्षेत्रमा तपाईँले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धि विस्तृत रूपमा दरिलो प्रमाण, दस्ताबेज, पेपर, अथवा डाक्युमेन्टका आधारमा तपाईँले आफूलाई असाधारण योग्यता भएको व्यक्तिको रूपमा प्रमाणित गर्न सक्नु भो भने तपाईँ अमेरिकामा ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।

तपाईँले आफूले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती भने तपाईँले प्रमाणित गर्नुपर्छ  [See, INA Section 203 (b) (1) (A)(i); The Implementing Regulation at 8 C.F.R. § 204.5(h) (2), and Et. Seq.] । तपाईँले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती अमेरिकाको कार्यान्वयन गर्ने कानुन [“The  Controlling Regulation “] मा उल्लिखित १० वटा योग्यता प्राप्त आधारहरु मध्य कम्तीमा पनि ३ वटा आधारहरु तपाईँले प्रमाणित गर्नु पर्छ। [See, 8 CFR § 204.5 (h) (3)].  खुसीको कुरा के छ भने तपाईँले यसरी ग्रीन कार्डका लागि निवेदन दिदा कुनै रोजगारीको प्रस्ताव अर्थात् स्पोन्सरको आवश्यकता पर्दैन, तपाईँले आफै निवेदन दिन सक्नु हुन्छ ।[See, 8 C.F.R. § 204.5 (h) (5)].

अमेरिकाको अध्यागमन कानुन ["INA"] का अनुसार तपाईँ अमेरिकामा आउदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईँले काम जारी राख्ने प्रतिबद्धता देखाउनु पर्छ। [See, INA Section 203 (b) (1) (A)(ii) ; Also, See, 8 C.F.R. § 204.5 (h) (5)]. त्यसै गरी तपाईँको अमेरिकाको आगमनले गर्दा खेरि अमेरिकालाई पनि लाभ हुनु पर्ने हुन्छ। [See, INA Section 203 (b) (1) (A)(ii); See also, Matter of Price, 20 I & N Dec.953 (1994)].

=======================================================
क्षेत्री एंड यसोसीयटस न्युयोर्कका का यटर्नी-एट-ल  बासु फुलारा
कार्यालय: (७१८) ६०६-६४७४, इमेल: bp@chhetrylaw.com
फेसबुक-प्रोफाईल: http://www.facebook.com/bashu.phulara

=======================================================
(यो लेखमा व्यक्त विचारहरू पाठकका  सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४ मा अर्थात् उहाँको इमेल: bp@chhetrylaw.com  मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक ।)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक