Similar Articles

एच ४ भिसामा रहेका आश्रितहरुले पनि अमेरिकामा काम गर्न पाउने--विनोद रोका, एर्टनी एट ल, न्युर्योक

बिराट नेपाल

अमेरिकी अद्यागमन विभागका निर्देशकले २४ फेब्रृअरी २०१५ मा जारी गरेको सूचना अनुसार आऊदो २६ मे २०१५ देखि अमेरिकामा एच१बी अस्थायी कामदारको भिसामा काम गरिरहेका र तोकिएको सर्त पुरा गर्ने कामदारका पत्नी वा पतिलाई काम गर्न पाउने एच४ नामक भिसा दिने जानकारी गराईएको छ। यसरी एच४ भिसा पाउने एच१बी भिसामा रहेका कामदारका पत्नी वा पतिले अमेरिकामा काम गर्ने अनुमतिका लागि अमेरिकी अद्यागमन विभाग समक्ष आई ७६५ नामक फाराममा तोकीएका शर्तहरु पुरा गरी लाग्ने दस्तुर सहित निवेदन गर्न सक्दछन। 

एच१बी भिसा भनेको समान्यतया अमेरिकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल विषयमा ब्याचलर।मास्टर डिग्री वा अमेरिकी सरकारद्धारा मान्यता प्राप्त विदेशी विश्व विद्यालयबाट सो सरहको शिक्षा प्राप्त गरेका विदेर्शीहरुलाई अमेरिकी कामदारले ज्(ज्ञद्य मा स्पोन्सर गरेमा आफनो स्टाटसलाई अमेरिकीमा रहदा नै परिवर्तन गराई ६ वर्ष सम्म अमेरिकामा काम गर्न पाउने अस्थायी भिसा हो। 

प्रोफेशनल डिग्री भन्नाले अध्ययन पश्चात् विद्यार्थीले प्राक्टीकल टूुेनिंग गर्नुपर्ने विषयमा शिक्षा प्राप्त गरेको हुनु पर्दछ। शिक्षा र प्राक्टीकल टूुेनिंग चाहिने विषयहरूमा कमप्युटर, ईन्जिनियरिंग, कानुन व्यवसाय, एकाउण्टेण्ट आदि पर्दछन। के कुन विषयहरू प्रोफेशनल डिग्री अन्र्तगत पर्दछन भन्ने कुराको निर्णय भने अमेरिकी श्रम विभाग र अध्यागमन विभागले रोजगारदाता, कामको प्रकृति अनुसार कामदारले सम्पदान गनुपर्ने कामहरुलाई आधार मानेर पर्ने गर्दछन। 

एच१बी भिसाका लागि अमेरिकी सरकारले प्रत्येक वर्षका लागि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, यो संस्थासंग आवद्ध भएका अस्पताल अनि मुनाफरहित उद्देश्यबाट स्थापित भएका अनुसन्धान गर्ने निकाय बाहेकका अन्य अमेरिकी रोजगारदाताहरुले अमेरिकी कामदार नपाएको अवस्थामा कति सङ्ख्यामा विदेशी कामदारलाई एच१बी स्टाटसमा राख्न पाउने भनी भिसाको कोटा निर्धारण गरेको हुन्छ। र यसरी निर्धारण गरेको कोटामा नबढने गरी प्रत्येक वर्षको अप्रिल १ तारेखबाट निवेदन दर्ता गराउन पाउने व्यवस्था अमेरिकी अद्यागमन विभागले गर्दछ। यस्का लागि हाल मास्टर डिग्रीका लागि २० हजार र ब्याचलर डिग्रीका लागि ६५ हाजारको कोटा निर्धारण गरिएको छ। सामान्यता अप्रिलको पहिलो हप्तामा नै तोकिएको भन्दा बढी निवेदन पर्ने हुदा अद्यागमन विभागले चिठृाको माध्यमबाट तोकिएको सङ्ख्यामा नबढने गरी निवेदनहरु छनौट गर्दछ र प्रमाण पुगेका निवेदनहरु सोही वर्षको अक्टोबर १ तारेखबाट लागु हुने गरी एच१बी भिसा स्वीकृत गर्ने गर्दछ। तर कोटा भित्र नपर्ने अमेरिकी कामदारहरुले भने जहिले पनि एच१बी भिसाको लागि विदेशी कामदारलाई स्पोन्सर गर्न सक्दछ। अमेरिकी अद्यागमन विभाग समक्ष एच१बी भिसाको निवेदन दिनु भन्दा अगाडी अमेरिकी सरकारको श्रम विभागबाट एलसिए अर्थात् लेबर सर्टिफिकेशन एप्लीकेशन स्वीकृन गराएको हुनु पर्दछ। 

राष्ट्र्पती ओबामाले नोभेम्बर २०१४ मा जारी गरेको कार्यकारी आदेशमा यो सुविधा पनि दिइने घोषणा गरेका थियो। अमेरिकी प्रतिनिधिसभा काग्रेसले सुधारात्मक अद्यागमन विललाई पारित हुन नदिएको कारणले गर्दा राष्ट्र्पतिले आफनो कार्यकारी अधिकार प्रयोग गरी यस्तो अस्थायी रूपको सुविधा दिनु परेको हो। यस्तो प्रावधानको अभावमा एच१बीमा अस्थायी रूपबाट काम गर्ने कामदारका पति वा पत्नीले अमेरिकामा ६ वर्ष भन्दा पनि बढी समयसम्म पति वा पत्नीका साथमा रहेर बस्ता पनि काम गर्ने अनुमति नपाऊदा शिक्षित र दक्ष जनशक्ति अनुत्पादक रहेर बस्नु परेको अवस्था थियो। 

यो व्यवस्था अनुसार सबै एच१बी अस्थायी भिसामा अमेरिकामा काम गरिरहेका कामदारका पत्नी वा पतिले अमेरिकामा अस्थायी रूपबाट काम गर्न पाउने एच४ भिसा पाऊछन भन्ने होइन। यो एच४ भिसा पाऊनका लागि यात १। एच१बीमा रहेको अस्थायीकामदारको स्थायी कामदारका लागि रोजगारदाताबाट अमेरिकी अद्यागमन विभाग समक्ष पेस गरिएको आई १४० भिसाको निवेदन स्वीकृत भएको तर भिसाको प्राओरीटी डेट नआईसकेको वा २। एच१बीमा बस्न पाउने अत्यधिक समय ६ वर्षसम्म काम गरिरहेको तर निजको लागि अमेरिकी रोजगारका तर्फबाट ग्रिनकार्डका लागि अमेरिकी श्रम विभाग वा अमेरिकी अद्यागमन विभाग समक्ष चलाईएको कार्वाही ३६५ दिन भन्दा बढी समय सम्म पनि निर्णय नभएको कारणले एच१बी भिसाको म्याद थपिईरहेको अवस्था विद्यमान रहेको हुनु पर्दछ। 

अमेरिकी अद्यागमन विभागका अनुसार एच१बी भिसामा रहेका कामदारका आश्रित पत्नी वा पतिले कामगर्ने अनुमति पाएका पहिलो वर्षमा करिब १९७ हजार ६०० र त्यसपछिका वर्षहरूमा ५५ हजार व्यक्तिहरूले यो सुविधा पाउन सक्दछन। यो सुविधा पाऊनका लागि निवेदन सुरु हुने समय २६ मे २०१५ बाट मात्र भएको हुदा त्यो भन्दा अगाडी कसैले निवेदन दिएमा त्यस उपर कार्वाही हुँदैन।

=============================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
==============================================================


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक