Similar Articles

अमेरिका आउने भिसा कस्लाई दिइन्छ र आउने बित्तीक्कै के गर्नु हुदैन--विनोद रोका, एर्टनी एट ल

बिराट नेपाल

अमेरिकाको अस्थायी भिसा पाउन गाह्रो, भिसा पाएपछि अमेरिका छिर्न गाह्रो, र छिरेपछि अमेरिकामै बस्नका लागि हतार गरेमा कागज पाउन झन गाह्रो हुन्छ।

अमेरिका घुम्न वा कामका लागि अस्थायी भिसा (Non-immigration Status) पाउन निक्कै गाह्रो हुन्छ र भिसा पाएर अमेरिका प्रवेश गरेको ६० दिन भित्रै अस्थायी भिसाको किसिम परिवर्तन (Change of status) गर्ने प्रयास गरेमा पूर्वाग्रही नियत {Pre conceive intent (PCI)} रहेको हुन्छ भन्ने सिद्धान्तको आधारमा स्टाटस परिवर्तन गर्ने अनुमति अमेरिकी ईमिग्रेसन कानुनले सामान्यतया दिदैन।

अमेरिकामा काम गर्ने अनुमति दिने किसिमका अस्थायी भिषाहरु बाहेकका अन्य ग्रैह्र आप्रावासी अस्थायी भिसा पाएर अमेरिकामा आउने विदेशीले भिसा पाएको दिन देखि अमेरिकामा प्रवेशाज्ञा पाएर बसेको ६० दिन ननाघिकन आफ्नो भिसाको आधार (Status) अन्य कुनै पनि Status मा परिवर्तन गर्ने प्रयास गरेमा त्यस्तो व्यक्तिले अमेरिका आउनु भन्दा अगाडी देखि नै पूर्वग्राही मनसाय राखी भिसा पाउनको लागि मात्र भिसा दिने अमेरिकी कन्सुलरलाई ढाटेको रहेछ भन्ने (Misrepresentation of material facts) मानिन्छ । यस्तो अवस्थामा विदेशीले नत अस्थायी भिसा (Non Immigration Status) बाट स्थायी रूपले अमेरिकामा बसोबास गर्ने भिसा (Immigration Status) पाउन सक्छ नत अन्य लामो समयसम्म अमेरिकामा पढन वा काम गर्न पाउने गरी आफनो अस्थायी भिसाको किसिमलाई परिवर्तन गर्न सक्दछ ।

अमेरिका आउनको लागि विदेशी नागरिकले पाउने Non-immigration visa मा सामान्यतया B1/B2 Business/visitor, F-1, Students, J-1 Exchange  Visitor & Cultural Exchange Visitor, TN Visa (क्यानडा र मेक्सीका नागरिक) वा Visa Waiver Visitor प्राय युरापीयनहरु र अन्य देशका नागरिकहरू जहाका मान्छे अमेरिका आए पछि आफ्ना घर फर्किन्छन् भनी अमेरेकी सरकारले अनुमान गर्दछ ।

भिसा पाउनका लागि व्यक्तिले विदेश स्थित अमेरिकी दूतावासको कन्सुलर समक्ष के कामको लागि भिसा चाहिएको हो सो को विवरण खृलाई निवेदन दिनु पर्छ। भिसा दिनु भन्दा अगाडी स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने कन्सुलरले  भिसाको लागि निवेदन दिने व्यक्ति अमेरिकामा गएपछि फर्किएर आउँदैन भन्ने अनुमान गर्ने गर्दछन्। अतः कन्सुलरले भिसाको निवेदन गर्ने व्यक्तिबाट अमेरिकाबाट फर्किन्छृ भनी पुष्टि गर्ने प्रमाणको अपेक्षा गर्दछन्। त्यस्ता प्रमाणहरुमा प्राय उक्त व्यक्तिको आफ्नो देशमा रहेको पारिवारिक, आर्थिक, सामाजिक र जिविकोपार्जनका श्रोत एवं साधानको बलियो आधारका साथै व्यक्ति कुनै आपराधिक गतिविधिमा संलग्न रहे वा नरहेको पक्ष पर्दछन। त्यस्तै उक्त व्यक्तिको अमेरिकामा के कस्ता नाता वा सम्बन्धका व्यक्तिहरू बस्दछन त्यस्को पनि लेखाजोखा हुने गर्दछ व्यक्ति अमेरिकामा नै बस्न सक्ने सम्भावना छ कि छैन भनेर। त्यस्को कारण हो त्यस्ता व्यक्ति आफ्नो देश छाडेर अमेरिकामा बस्न चाहदैन भन्ने। त्यस पछि मात्र अमेरिकामा गएपछि उक्त व्यक्तिले आफ्नो अस्थायी बसोबासको क्रममा  कहाँ बस्छ, खर्च कसरी जुटाउंछ र अमेरिकी सरकारले खर्च व्यर्होनु (Public Charge) पर्छ की पर्दैन? जस्ता कुराहरूको सोधखोज हुने हृन्छ। भिसाको निवेदन दिने व्यक्तिले अमेरिकामा कानुनी हैसियतबाट बस्ने, राम्रो आम्दानी भएका र कर तिर्ने व्यक्तिले पठाएको स्पोन्सर पत्र र Affidavit of  Support पेस गर्दैमा अमेरिका जाने अस्थायी भिसा पाइन्छ भन्ने होइन। किनकि अस्थायी भिसा स्पोन्सर गर्ने व्यक्तिलाई दिने नभएर अमेरिका आउन चाहाने व्यक्तिलाई दिइने हो र जाच्ने कसी भनेको उक्त व्यक्ति फर्कन्छ कि फर्कदैन भन्ने हो।

अमेरिकी कन्सुलर समक्ष भिसाको लागि दिएको निवेदन पश्चात् व्यक्तिले सामान्यतया विश्वसनीय रूपबाट पेस गरिएको कागजातसंग मेल खाने गरी सोधिएकको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ र  कन्सुलरलाई व्यक्तिले दिएको जवाफ उस्को हावभाव, तौरतरिका हेर्दा विश्वास लाग्नु पर्छकी यो व्यक्ति को आफ्नो देशमा पारिवारिक, आर्थिक, सामाजिक लगायत विविध पक्ष सँग बलियो सम्बन्ध रहेको हुदा अमेरिका नै पलायन हुदैन। त्यसपछि बुझ्ने भनेको व्यक्ति कुनै पनि आपराधिक वा कानृनद्धारा निषेधित गतिविधिमा संलग्न नरहेको, संलग्न हुने सम्भावना पनि नभएको अमेरिकाको सुरक्षाको लागि खतरा नभएको र अमेरिकी सरकारले उस्को लागि आर्थिक व्ययभार (Public Charge) लिनु नपर्ने जस्ता विविध पक्षहरूमा व्यक्तिको बारेमा सकारात्मक सोच बनेपछि मात्र भिसा दिने गरिन्छ।

त्यसैले अस्थायी भिसाका लागि स्पोनसर दरो हुनु पर्छ। I-134-Affidavit of Support Form, हुनै पर्छ भन्ने कुरा सत्य होइन। हामीले धेरै व्यक्तिहरूको तर्फबाट स्पोन्सरलाई चाहिने कागजातहरु बनाई दिएका छौ। कतिले स्पोनस गरेका व्यक्तिहरू अस्थायी भिसा पाएर अमेरिका आउनु हुन्छ र भन्नु हुन्छ कागज गतिलो बनाई दिनु भएछ। अनि कतिले स्पोन्सर गरेका व्यक्तिहरूले भिसा पाउनु हुन्न र भन्नु हुन्छ फाराम नपठाएर भिसा नपाएको भनेर कन्सल्टेण्टले भन्यो रे? वहा त रिसाउनु भो। आदि इत्यादि कुरा सुन्नु पर्दछ। जुन सत्य होइन।  

अस्थायी भिसा पाएर व्यक्ति अमेरिकाको Port of Entry मा आएपछि पनि अमेरिकी सरकारको Custom and  Boarder Patrol (CBP) को अधिकृतले पुन व्यक्तिलाई सामान्यतया के कामको लागि कहाँ जाने र कहिलेसम्म अमेरिकामा बस्ने जस्ता प्रश्नहरू सोध्ने गर्दछन। त्यहा पनि कन्सुलर अफिसरलाई जस्तै आफू अमेरिका अस्थायी रूपले फलानो कामको लागि आएको, फलानो ठाउँमा बस्छु, घुम्छु, फलानो सेमिनारमा भाग लिए पछि म आफ्नो देशमा फकर्ने छु भनी विश्वसनीय रूपबाट जवाफ दिनु पनें हुन्छ र मागिएको अवस्थामा पुष्टाई गर्ने कागजातहरु देखाउन सक्नु पर्दछ ।

CBP को अफिसरलाई दिएको जवाफ चित्त बुझ्दो नलागेमा व्याग, सुट्केश आदि जांचबुझ गर्न पनि सक्दछन्।यसरी अफिसरले जाचंवुझ गर्दा व्यक्तिको व्याग वा सुट्केशबाट अमेरिकामै बसोबास गर्ने गरी आएको कागजता वा सरसामान भेटृाएमा। मल्टीपल भिसा हुने व्यक्ति रहेछ भने अघिल्लो पटक आउँदा कामगर्ने अनृमतिको कागज वर्क अथराईजेशन नलिईकन काम गरी आफ्नो Status विगारेको जानकारीमा आएमा ।, विधार्थी रहेछ भने विद्यार्थीले Immigration को अनुमति विना काम गरेको देखिएमा। अमेरिका प्रवेश गर्न लागेको व्यक्ति पारिवारिक वा कामदारको स्पोनसरको आधारबाट ग्रिनकार्ड पाई अमेरीकमा नै बस्ने अवस्था रहेको जानकारी भएमा। व्यत्तिले अमेरिकामा बस्दाका अवस्थामा आफनो स्टाटस बिगारेको पाईएमा त्यस्ता व्यक्तिलाई एरपोर्टबाटै घर फकाईदिने, थुनामा राखेर डिर्पोटेशनको कारबाही चलाई दिने वा प्रवेश गर्दा दिएको ल्यल(Non- Immigrant Visa को Status बाट अर्को प्रकारको भिसामा Status परिवर्तन गर्न नपाउने व्यहोरा  I-94 मा नोट गरी भिसा दिन पनि सक्दछ।

व्यक्तिले प्रवेश गर्दाको अवस्थामा दिएको भिसामा आफनो व्ययत्तिक विवरण देखि लिएर अरू के के लेखिएको छ राम्ररी त्यति बेला हेर्नु पर्दछ र आफृले दिएको विवरणमा वा अफिसरले लेखेको व्यहोरामा गल्ती देखिएमा सच्याई पाउ भनी तुरुन्तै अनुरोध गर्नु पर्छ नत्र भने पछाडि सच्याउन धेरै गाह्रो हुन्छ। अत व्यक्तिले कन्सुलर अफिसबाट भिसा पाएर मात्र हुदैन कि Port of Entry मा पनि आफ्नो सोचाई अमेरिकामा जे प्रयोजनका लागि भनी आएको हो सो प्रयोजन पुरा गरी स्वदेश फर्कन्छु भन्ने नै रहेको छ भनी पुष्टि गर्नु पर्दछ अनि सो अनुसारको आचरण र बोली व्यवहारबाट पनि देखिनु पर्दछ ।

अमेरिकामा प्रवेशाज्ञा पाएर बसेको ६० दिन भित्रमा कुनै विदशीले I-94 मा दिएको अस्थायी भिसाको प्रकार भन्दा अन्य प्रकारको  भन्दा अन्य प्रकारको Non-immigrant Visa अर्थात् B1/B2 बाट F1, विधार्थी हुन, वा काम गर्न L1 वा H1B, Ps,O,लगायतका अन्य भिसा वा भिसाको स्टाटस परिवर्तन गरी पाउनका लागि निवेदन गरेमा वा स्टाटस परिवर्तनका लागि सम्पर्क राख्नु पर्ने संस्था जस्तो अमेरिकाको स्कुल, कलेज वा रोजगारदाता समक्ष सम्पर्क कायम गरी सो सम्बन्धी कामकुरा सुरु गरेको जानकारीमा आएमा अमेरिकी Immigration कार्यालयले अमेरिकामा प्रवेश गर्ने कारबाही सुरु गर्नुभन्दा अगाडी देखि नै व्यक्ति अर्कै प्रयोजन (Bad faith) वा पूर्वाग्रहयृक्त गलत विचार लिएर अमेरिकामा आएको वा अमेरिकामा आई व्यक्तिको अहिले गर्न खोजेकै काम गर्ने बिचार थियो तर भिसा नपाउला भनेर कन्सुलर समक्ष झुटो कुरा भनेको रहेछ भन्ने आधारमा दिएको निवेदन  merit मा नभै PCI को अर्थात् पूर्वाग्रहयृक्त गलत विचार थियो भन्ने आधारमा खारेज गर्नेे सम्भावना रहन्छ। तर व्यक्तिले अमेरिका प्रवेश गरेको ६० दिन पछाडि अस्थायी भिसाको प्रकार अरू अस्थायी भिसा वा स्थायी प्रकारको भिसामा परिवर्तन गरी पाउनका लागि निवेदन गरेको अवस्थामा भने व्यक्तिको PCI अर्थात् व्यक्ति दुषित पूर्वाग्रही बिचार लिएर अमेरिकामा आएको रहेछ भनी गर्ने अनुमान सकिन्छ र दिएको निवेदन उपर merit को  आधारमा निरुपण हुने हुन्छ  अर्थात् व्यक्तिले अमेरिकामा अस्थायी वा स्थायी रूपबाट बस्ने भिसा पाउन सक्ने सम्भावना हुन्छ। अद्यपि यो नियम L1, Hs. Ps, O जस्ता काम गर्ने पाउने अस्थायी भिसाको हकमा भने लागु हुदैन ।

कतिपयम व्यक्तिहरू उर्पयुक्त तथ्य प्रति अनभिज्ञ हुन्छन् र जानकारी लिनु पर्ने जरुरी पनि ठान्दैन्न । जानकारी पाईहाले पनि फलाना फलाना ले यसो गर्दा केही भएन, फलाना फलानालाई त्यस्तो सोधेन रे? त्यसैले केही हुदैन भनेर हेलच्याक्रयाई गर्ने गर्दछन्।कसै कसैले दलाल वा स्वघोषित जानाीफकारको सल्लाहको आधारमा पूर्वाग्रहयृक्त गलत विचारको अवधारणालाई ख्यालै नराखी ६० दिन भित्रै अमेरिकी अद्यागमन कार्यालय समक्ष निवेदन दिन्छन र दिएको निवेदन अस्वीकृत भएपछि वकिल खोज्न थाल्दछन। यस्तो अवस्थामा पुगेपछि उपचारका लागि आउने महानृभावहरुलाई मैले पनि आफ्नो कानुनी कार्यालयमा भेटेर उनीहरूको दुखेसो सुनेको छु र सुन्ने गर्दछु। जुन बेलामा बिग्रीएको काम सच्याउन मेरो लागि पनि धेरै ढिला भैरहेको हुन्छ।

माथि संक्षेपमा वर्णन गरिएको आधारमा के भन्न खोजिएको हो भने अमेरिकाको भिसा पाउन गाह्रो छ, भिसा पाए पछि छिर्न गाह्रो छ। छिरेको ६० दिन नपुग्दै भिसाको किसिम परिवर्तन गर्न खोजे भिसाको निवेदन अस्वीकृत भै व्यक्ति देशनिकाला अर्थात् डिर्पोटेशनको अदालती कार्वाहीमा पर्न सक्दछ।

=================================================================

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
==========================================================

=============================================================

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
========================================================== - See more at: http://brtnepal.com/news.php?pid=6096#sthash.WaYeDwpz.dpuf
=============================================================

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
========================================================== - See more at: http://brtnepal.com/news.php?pid=6096#sthash.WaYeDwpz.dpuf

Comments (7)

indra subedi on

Hi Its me from gulmi Nepal I heard that USA will take the worker from Nepal I have been work with department of defiance as a contractor work .so I will wanna know how was the prosuger for it pls Thx a lot Regard Indra Subedi Nepal

Anjan Dhital, Gorkha,nepal on

Thanks for rule

Anjan Dhital, Gorkha,nepal on

Thanks for rule

dubai on

We are living in dubai. My husband is working in raw coffee company since 12 years. We have two children. If we want to come usa what is the process.

sudip adhikari. ktm, nepal on

maela visit visa ma apply gareko thiya but visa diyn kina,khas maela maro mom bimar hunu vayko lae vatna jana khojeko sam document thiyo fari pani kina ...?plz k nvayar ho vandinu huncha ki??

iman.gurungYahoo.com on

I am good man for you.

sanjit nepali, tanahun nepal on

म हाल 12 class मा पढ्छु वोर्किङ भिसा को बरेमा अलि प्रष्ट हुन सकिन म पोनि working भिस मा usa try गर्न चाहन्छु मेरो skills हरु भन्नू पर्दा 1.light driving experience license 2.waiter training experience के यो स्किल्स ले म try गर्न सक्छु ?? यदि स्किल्स हरु अरुनै चाहीन्छ भने के के सिक्दा राम्रो होला र कति experience चाहीन्छ कृपया जानकारी पाउ धन्यवाद !!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक