Similar Articles

भुकुम्पबाट प्रभावित नेपालीले अमेरिकामा कानुनी राहत टिपिएस पाउने थप सम्भावना--यटर्नी बासु फुलारा

बिराट नेपाल

 à¤¨à¥‡à¤ªà¤¾à¤²à¤®à¤¾ भूकम्प गएको आज १ महिना २ दिनको अवधि सम्मको कठिन यात्रा नेपालीले पार गर्दै गर्दा अमेरिकामा रहेका भुकुम्पबाट प्रभावित अनडकुमेन्टेड नेपालीहरू, विद्यार्थी वर्ग वा यो कठिन घडीमा अमेरिकामा बस्ने नेपालीका लागि कानुनी राहतको लागि निरन्तर वकालत गरी रहेका सबै व्यक्तिहरूको लागि यहाँ नेपालीका लागि इमिग्रेसन-टि. पि. एस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस मिल्छ कि भनेर आशाबादी भएर अगाडी बढेको देखिन्छ । आशा पनि किन नहोस, नेपालीले आशा गरेको टि. पि. एस. अहिले नेपाल सरकारको औपचारिक अनुरोध अनि स्टेट डिपार्टमेन्टको सहमति अनि सिफारिस सँगै अहिले यसबारेमा निर्णय गर्ने अन्तिम निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीमा गएर विचाराधीन अवस्थामा छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले अन्तिम निर्णय गरेर नेपालको लागि टि. पि. एस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस दिएको खण्डमा यहाँ का १०-२० हजार नेपालीहरू यसबाट लाभान्वित हुने अनुमान गर्न सकिन्छ।

मैले हालैको लेखमा उल्लेख गरेअनुसार, होमल्याण्ड सिक्योरिटी अन्तर्गत यु.यस.सि.आइ.यस.ले कुनै देश बाताबरणीय विपत्ति, विनाशकारि भूकम्पबाट गुज्रीरहेको छ र त्यस्तो अवस्थामा प्रभावित देशको नागरिक भूकम्प आएको मिति देखि अमेरिकामा बसेको छ र भुकुम्पले हाल देश फर्कन सक्ने स्थिति छैन भने यहाँको होमल्यान्ड सेक्युरिटीले सो देशलाई टि.पी.यस.को लिस्टमा राखी अमेरिकामा बसिरहेका भुकुम्पबाट प्रभावित सो देशका नागरिकहरुलाई टि.पि.एस. कानुनी राहत प्रदान गर्न सक्छ।

अहिले सम्म हाइटी लगायत ११ देशहरूलाई मात्र यो सुविधा प्राप्त छ तर नेपाल आजको मिति सम्म टि. पि.एस. प्राप्त गर्ने देशको सुचीमा पर्दैन। प्रयासहरू र समर्थनहरु भने जारी छन्। नेपालका लागी पनि टिपिएस हुनुपर्छ भन्ने अप्रिल २७ मा हाउसमा ल्याइएको बिल हाल हाउसको कमिटिमा विचाराधीन छ र हाल सम्म ५२ जना कांग्रेसमेनको समर्थन जुटाउन सफल रहेको छ र बढ्ने क्रम जारी छ। नेपालीहरूलाई टि. पि.एस. प्राप्त हुनु पर्छ भन्ने अप्रिल २७ मा सुरु भएको " वि. द. पिपुल" पिटिसनले अहिले सम्म १२८३७ नेपालीहरू समर्थन पनि पाएको छ। महत्वपुर्ण कुरा, नेपालीहरूलाई  à¤¹à¥‹à¤®à¤²à¥à¤¯à¤¾à¤¨à¥à¤¡ सेक्युरिटीले निहित अधिकार प्रयोग गरी टि. पि. एस. दिने सम्भावना बढ्दै छ । भुकुम्पले तहस नहस भएको नेपाल फर्किने अवस्था नभएको हुदा नेपाल सरकारलाई पनि तत्कालको लागि थप बोझ नहोस्, केही समयको लागी भए पनि अमेरिकाबाट नेपाल फर्किनु पर्ने अवस्थामा रहेका नेपालीलाई राहत मिलोस् भनेर अमेरिकामा नेपालीका लागि टिपिएस भन्ने कुराले बढ्दो प्राथमिकता पाएको हो।

यदि नेपाललाई टि. पि. एस. प्राप्त भयो भने यहाँ बस्ने नेपालीहरूले केही छोटो समयको लागी वैधानिक तबरबाट काम गर्न पाउने, देश निकालाबाट बच्ने, ट्राभल गर्न पाउने, होमल्यान्ड सेक्युरिटीले डिटेन्सनमा नराख्ने लगायत सुविधा पाउने छन् । टिपीयसको लागि फाइल गर्दा भिसा सकिएको व्यक्ति होस् वा पढ्ने समय सकियको होस वा भिजिटर भएर आएको होस्, वा लुकेर नै आएको किन नहोस, सबै व्यक्तिहरू टिपिएसको अरू सबै कानुनी पूर्वाधार पुगेको खण्डमा टिपिएस पाउन योग्य हुन सक्ने छन् । टिपीएस दिएको खण्डमा सुरुमा ६ महिना देखि १८ महिना कानुनी हैसियत प्राप्त हुनेछ र पहिलो टिपीएस स्टाटस पनि सकियो र दोस्रो रजिस्ट्रेसन गर्ने वा नबिकरण गर्ने समय पनि अमेरिकामा मिलेन निज टिपीएस पाउने व्यक्ति पहिलाकै अवस्थामा फर्किनेछ र पुरानै इमिग्रेसन स्टाटस रहन सक्नेछ । अन्त्यमा, ज्ञात रहोस्, टिपिएस द्वारा ग्रीनकार्ड पाइदैन तर अरू माध्यमबाट पाउने ग्रीन कार्डलाइ यसले रोक्दैन। तपाईँ हामी आशा गरौँ कि हजारौँ नेपालीको दर्द र अनुरोधलाई होमल्याण्ड सिक्योरिटी ले टिपीयस स्वीकृति प्रदान गर्नेछ।
 
(यो लेखमा व्यक्त विचारहरू पाठकका  à¤¸à¤¾à¤®à¤¾à¤¨à¥à¤¯ जानकारीका लागि मात्रहुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराको इमेल: bp@chhetrylaw.com  à¤®à¤¾ सम्पर्क राख्नसक्नु हुनेछ --सम्पादक ।)
===========================================================================

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
फेसबुक: http://www.facebook.com/bashu.phulara
फोन: (७१८) ४४०-५७५४/ ७१८-६०६-६४७४
इमेल: bp@chhetrylaw.com



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक