बिराट नेपाल
2015-09-04
३ सेप्टेम्बर २०१५ का दिन अमेरिकी अद्यागमन विभागले एफ१,बि२ र एच१बि जस्ता ननईमिग्रेण्ट भिसा के हुन्छन् टिपियस लिएमा ? भन्ने विषयलाई लिएर FAQs प्रकाशित गरेको छ। यो सूचनाले टिपियस लिएपछि एफ१,बि२ जस्ता ननईमिग्रेण्ट भिसाको अवस्था कस्तो हुन्छ ? भन्ने प्रश्नहरूको केही हदसम्म समाधान गरेको छ।
अमेरिकी सरकारको अद्यागमन विभागले जुन २४, २०१५ मा प्रकाशित गरेको सूचना अनुसार नेपालमा अप्रिल २५, २०१५ मा गएको महाभुकम्पको कारणले नेपालमा गै बसोबास गर्न असुरक्षित भएको हुदा अमेरिकामा रहेका नेपाली नागरिक वा नेपालमा बसोबास गरेका राज्यविहिन तर अमेरिकामा जुन २४, २०१५ सम्म आई सो दिन देखि लगातार रूपले यही बसोबास गरिरहेका फेलोनी अर्थात् संघिन अपराध तथा केही अन्य तोकिएका सानातिना मिसडिमिनियर अपराध गरेका व्यक्तिहरू बाहेकलाई डिसेम्बर २४, २०१६ सम्मका लागि मानवियताको आधारमा अस्थायी रूपबाट अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने भनिएको छ। यो सुविधा पाऊनका लागि योग्यता पुग्ने व्यक्तिहरूले सप्रमाण डिसेम्बर २१, २०१५ सम्ममा नियमानुसार तोकिएको स्थानमा फर्मभरी पठाउनु पर्दछ। यो समय पछि पुग्ने निवेदन उपर कार्वाही हुँदैन।
यो सूचना प्रकाशित भएपछि अमेरिकामा एफ१, बि२, एच१बी जस्ता ननईमिग्रेण्ट अर्थात् अस्थायी भिसामा बसिरहेका व्यक्तिहरूले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैन? लियो भने अस्थायी भिसालाई कस्तो असर पार्दछ? भन्ने प्रश्नहरू आइरहेका छन्। त्यस्तै अर्को प्रश्न भनेको ओभरस्टे भएका अनि अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भै कार्यान्वयन हुन मात्र बाकी रहेका, विथहोल्डींग पाएका अनि हाल अद्यागमन अदालतमा शरणार्थीको मुद्दा बिचाराधिन अवस्थामा रहेका व्यक्तिहरूले यो सुविधान लिएको अवस्था के हुन्छ? भन्ने अरू प्रश्नहरू पनि आइरहने प्रश्नहरू हुन। यस विषयमा अर्को लेखमा चर्चा गरिने छ।
एफ१, बि२, एच१बी भिसाको विषयलाई लिएर अमेरिकी अद्यागमन विभागले एफएक्यु मार्फत दिएको जानकारी अनुसार यस्ता भिसा भएका व्यक्तिहरूले पनि टिपियसको सुविधा लिएर यी दुवै स्टाटसलाई सँगसँगै लान सक्दछन तर यसरी दुवै अस्थायी स्टाटसलाई एकैसाथ लिएर जानका लागि उक्त व्यक्तिले दुवै अस्थायी भिसाको प्रकृति अनुसार ती भिसामा तोकिएका शर्तहरु पनि पालना गनु पर्दछ। यसरी दुवै स्टाटसलाई बचाउने क्रममा कुनै एउटा स्टाटसमा तोकिएका सर्तको ऊलंघन भएमा ऊलंघन भएको स्टाटस रहन नसक्ने अवस्था रहन्छ। तसर्थ एफ१ स्टाटसमा रहेका विद्यार्थीहरूलाई टिपियसको सुविधान लिदाको अवस्थामा आफू अध्ययनरत विश्वविद्यालयको डिएसओ वा अद्यागमन एर्टनीसंग सल्लाह लिन सुझाब दिइएको छ। यसका साथै एफ१ स्टाटसमा रहेका नेपाली विद्याथीहरुलाई भूकम्प आई आर्थिक कठिनाइ परेको कारण देखाई क्याम्पस बाहिर काम गर्नका लागि अनुरोध गरेमा प्राथमिकता दिई निर्णय गरिने जानकारी पनि अद्यागमन विभागले गराएको छ।
अद्यागमन विभागले प्रकाशित गरेको यो जानकारीले टिपिएसको सुविधा लिने कि नलिने? भन्ने विषयको निर्णय गर्ने अधिकार सुविधा माग गर्ने व्यक्तिलाई नै छाडेको छ। यो जानकारीलाई हेर्दा ननईमिग्रेण्ट स्टाटस भएका व्यक्तिहरूले दुईधार भएको तरबारमा हिडनुपर्ने जस्तो देखिन्छ। जस्तो कि बि२ भिसामा रहेको व्यक्तिले टिपिएसबाट कामगर्ने अनुमतिपत्र लिएर काम गरेमा निजको बि२ भिसा रहदैन किनकि यो भिसामा रहने व्यक्तिले अमेरिकामा काम गर्नै मिल्दैन। त्यस्तै एफ१ स्टाटसमा रहेको विद्यार्थीले टिपिएस लिए पनि एफ१ विद्यार्थीको हैसियतले लिनुपर्ने के्रडिट कोर्श लिनुपर्दछ। नलिएको अवस्थामा एफ१ स्टाटस रहदैन। यद्यपि दुवै ननईमिग्रेण्ट स्टाटसलाई नविगारिकन साथैसाथै लान सकिने सम्भावना पनि रहन सक्दछ र कतिपय अवस्थामा व्यक्तिको परिस्थिति अनुसार टिपियस लिनु उचित पनि हुन्छ। तसर्थ यस्तो गहन विषयमा सुविधा पाऊनका लागि तुलनात्मक अध्ययन गनुपर्दछ वा अनुवभ प्राप्त अद्यागमन कानुन व्यवसायीको सल्लाह लिनुपर्दछ अद्यागमन विभागले भनेझै। गुगल सर्च र टेलिफोनको सल्लाहले उत्तर खोजेर सुविधा लिने कि नलिने भनी निर्णय गर्नु सधैँ उचित नहुन पनि सक्छ।
=============================================================
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)
तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।
Post Comments Using Facebook
Your Comments