Similar Articles

टिपिएस लिएकाले एडभान्स पेरोल लिएर नेपाल जान हुन्छ कि हुँदैन--विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

बिराट नेपाल

टिपिएसको आधारमा अमेरिकामा डिसेम्बर २४, २०१६ सम्म बस्न, काम गर्न र नेपाल गएर फर्किएर आउन पाउने एडभान्स पेरोलको कागज पाईसकेका मेरा एकजना क्लाईन्टले फोनमा भन्नुभो, विनोदजी म सँगै काम गर्ने होण्डोरसको साथी म जस्तै ओभरस्टे भएको अवस्था टिपिएसमा एडभान्सपेरोल लिएर आफनो देश गै फेरी फर्किएर आएको रहेछ। फर्किएर आऊदा पोर्टअफ ईन्ट्र्ीमा सजिलैसँग अमेरिका आउन दिईएछ। त्यसैले तपाईँले भने मmै अमेरिकामा १ वर्ष भन्दा बढी ओभरस्टे भएका म जस्ता व्यक्तिलाई अमेरिका भन्दा बाहिर गै फेरी फर्किर आऊदा १० वर्षसम्म आउन नपाउने प्रतिबन्ध लाग्ने कानुनी व्यवस्था हुदा सिबिपी अधिकारीहरुले अमेरिकाको पोर्टअफ ईन्ट्र्ीमा रोक्न सक्छन् भरसक नेपाल नजानु भन्ने सल्लाह दिनु भएता पनि त्यस्तो होला जस्तो लागेन। त्यसैले म केही पछि नेपाल जान्छुहोला भन्नुभो। मैले वहालाई भने जानुभन्दा अगाडी एक पटक मुख देखाएर जानुहोला फेरी अमेरिकामा भेटिएला कि नभेटिएला। वहाले भन्नुभो गएर आएपछि देखाउन आऊलानी, होण्डोरशका मान्छेहरू त आएकै रहेछन् हामी नेपालीलाई पनि कहा रोक्ला र?

Temporary Protected Status (TPS) भन्नाले अमेरिकी राष्ट्र्पती वा अमेरिकी सरकारका एर्टनी जनरलबाट प्रत्याभृत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरिकामा जुन २४, २०१५ सम्ममा आई त्यस समयदेखि लगातार रूपबाट अमेरिकामा बसिरहेका नेपालका नागरिक वा राष्ट्र्यिता गुमाई नेपालमा अन्तिम थलो बनाई बसोबास गरेका व्यक्तिहरू तत्कालका लागि नेपालमा अप्रिल २५, २०१५ र त्यसपछि आएको भुईचालो अर्थात् प्राकृतिक प्रकोपको कारणले फर्केर जादा असृरक्षित हुन्छ भनेर दिइएको अस्थायी सृविधा हो। नेपाल सरकारले समेत यो सुविधाको लागि अनुरोध गरेको हुदा अमेरिकी सरकारले नेपाललाई असृरक्षित देशको सृचिमा राखेको छ। यो सृविधा दिनका लागि अद्यागमन विभागको सचिवलाई अमेरिकी अद्यागमन कानृनको दफा २४४ ले अधिकार प्रदान गरेको छ। यद्यपि यो सृविधा दिने सृचिमा कृनै पनि देशलाई राख्नृभन्दा अगाडी सचिवले अमेरिकी सरकारका अन्य निकायहरू सँग परामर्श गर्दछन्। 

टीपिएसको आधारमा अद्यागमन विभागले प्राय तीन महिनाको म्याद राखेर एडभान्सपोरोल दिएको देखिन्छ अहिलेसम्मको अनुभवमा। यसरी दिएको एडभान्सपेरोलको कागजमा अद्यागमन विभागले स्पष्ट रूपमा उल्लेख गरेको छ कि फर्किएर आऊदा खेरि व्यक्तिले प्रचलित कानुनले तोकेको अमेरिकामा प्रवेश गर्न नपाउने खालको प्रतिबन्ध लागेको छ कि छैन भन्ने विषयको जाचपास पोर्टअफ ईन्ट्र्ीमा सिविपीका अधिकारी समक्ष गर्नुपर्दछ। अर्थात् त्यस्ता व्यक्तिले अमेरिकामा प्रवेश गर्न नपाउने खालका कुनै कानुनको ऊल्लंघन गरेको रेकर्डबाट देखिएमा अमेरिकामा प्रवेश गर्न नदिन सक्दछन। यसरी प्रतिबन्ध लाग्ने विषय भनेको अमेरिकामा कानुनी तथा गैरकानुनी रूपबाट आई ६ महिना देखि १ वर्षसम्म ओभेर स्टे भएका व्यक्तिहरू यो देशमा ३ वर्षसम्म प्रवेश गर्न पाऊदैनन भने १ वर्षदेखि बढी ओभरस्टे भएका व्यक्तिहरूले १० वर्षसम्म हार्डसिपको आधारमा वेभर पाएनन भने प्रवेश गर्न अयोग्य मानिन्छन। यस्का अतिरिक्त तोकिएका अन्य बिज्याई र आपराधिक गतिविधिहरू गरेको जानकारी रेर्कडबाट देखियो भने पनि प्रवेश गर्न नपाउने प्रतिबन्ध लाग्दछ। 

माथि लेखिए बमोजिम अमेरिकामा ओभरस्टे भै टिपिएस पाएका होण्डोरश एवं हाईटी जस्ता देशहरूका व्यक्तिहरूको यो सुविधाका लागि सेवा प्रदान गर्ने अद्यागमन कानुनका १४ हजार भन्दा बढी वकिलहरु सदस्यरहेको अमेरिकी अद्यागमन कानुन व्यवसायी सङ्घका केही सदस्यहरूको अनुभव हेर्दा उनीहरूले पनि ओभरस्टे भएका आफना पक्षहरुलाई एडभान्स पेरोल लिएर आफनो देशमा नजाने सल्लाह दिएका र नजाने सल्लाह दिदा दिदै पनि आफना देशमा जान चाहाने पक्षहरुलाई जानुभन्दा अगाडी एक पटक मुख देखाएर मात्र जाऊ जानेनै भए पनि भनिएका, ओभरस्टे भएका र अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भै कार्यान्वयन नभएका कारणले यही बसी रहेका विदेशीहरु फेरी फर्किएका घटनाहरू उल्लेख गरेको पाइन्छ। यसरी फर्र्र्किएर आएका व्यक्तिहरूको स्टाटस भने पेरोली हुने गरेको उनीहरूको भनाईछ। बोडरक्रश गरेर आई ओभरस्टे भएका विदेशहरु पेरोलीको आधारमा जाचपास भएर आएपछि अमेरिकी नागरिकसंग विवाह गरी ग्रिनकार्ड लिन सक्षम भएको उदाहारण पनि दिने गर्दछन्। अमेरिकाको छैठौ सर्किटकोर्ट अर्थात् केण्टोकी, ओहाईयो, टेनिसी आदि, को क्षेत्राधिकार भित्र बस्ने बोर्डरक्रश गरेर आएका टिपिएस पाउने देशका सुचीमा परेका विदेशीहरूले त एडभान्सपेरोल लिएर आफनो देश नगैकन यही ईन्सपेक्सन भएको मान्यता पाई अमेरिकी नागरिकसंग विवाह गरेर ग्रिनकार्ड समेत पाएको अवस्था पनि छ। 

एडभान्सपेरोलको आधारमा फेरी अमेरिकामा पेरोलीको हैसियतले प्रवेश पाएको अवस्थामा माथि लेखिए बमोजिमका फाइदाहरू पनि देखिन्छन। तथापि आउन नपाउने भनी प्रतिबन्ध लागेको विदेशीहरूले एडभान्सपेरोल लिएर गएपछि फेरी फर्किएर आऊदा ओभरस्टे लगायतका अन्य कतिपय तत्काल नदेखिएका कारणले गर्दा पोर्टअफ ईन्ट्रीमा कार्यरत अमेरिकी सीबिपिका अधिकारीहरुले प्रवेश गर्न नदिन सक्ने पनि कानुनी प्रावधान रहेको हुदा मैले पनि अरूले झैँ ओभरस्टे र अन्य कतिपय नदेखिएका कारणले अमेरिकामा प्रवेशाज्ञा नपाउने सम्भावना रहेका आफना पक्षहरुलाई एडभान्स पेरोलका आधारमा नेपाल नजानु राम्रो हुने सल्लाह दिने गरेको छु।

+=====================================================+
(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रूपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाउने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्बन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तिका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्बन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।)

तपाईँको अमेरिकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्बन्धी कुनै समस्या भए रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com वा binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक