Similar Articles

डी. भी. भिसा लाटरी प्रोग्राम (२०१५) को रिजल्ट आवेदकहरूले मे १, २०१४ देखि हेर्न सक्ने ।

बिराट नेपाल

यू. एस. डिपार्टमेन्ट अफ स्टेटको, "ब्युरो अफ कन्सुलर अफेयर्स, इलेक्ट्रोनिक डी. भी. भिसा को इन्ट्रान्ट स्टाटस  चेक" को  एक मात्र आधिकारिक वेब पेज: http://www.dvlottery.state.gov/ESC/  का अनुसार सोही अनलाइन  पेज मा गएर डी. भी. भिसा लाटरी प्रोग्राम (२०१५ ) का आवेदक हरू ले मे १, २०१४ देखि सेप्टेम्बर ३०, २०१५  सम्म  आफू लाई लाटरि परेको अथवा नपरेको हेर्न पाउने  छन्।  डी. भी. निवेदक हरू ले रिजल्ट चेक गर्दा भने: (१) कन्फर्मेसन नम्बर; (२) आफ्नो अन्तिम नाम; र (३) जन्म मिति वर्ष थाहा भएको खण्डमा मात्र आफू लाई लाटरि परेको अथवा नपरेको चेक गर्न सक्ने छन्।  यू. एस. डिपार्टमेन्ट अफ स्टेट का  अनुसार डी. भी.-२०१५ का आवेदक हरू ले कम्ती मा पनि जून ३०, २०१५ सम्म आफू सम्म भएको कन्फर्मेसन नम्बर सुरछित  राख्नु पर्ने हुन्छ। यदि तपाईँ पहिलो चरण मा छनौट हुनु भो भने अगाडी का प्रोसेस हरू देखि भिसा अन्तरबार्ता सम्म योग्य ठहरिनु भएको खण्डमा अमेरिका को ग्रीन कार्ड पाउने चाहना पुरा हुन सक्ने छ।

ड़ी. भी. भिसा लाटरी भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित र संसार भरीका योग्य देशका योग्य व्यक्तिहरूलाई अमेरिकामा आउन दिने  लाटरी प्रोग्राम हो । यो वार्षिक चिट्ठा द्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरूलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिसा लाटरी प्रोग्राम वर्षेनी अमेरिका को अध्यागमन कानुन ("आइ. यन. ए."  दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट सञ्चालित गरिन्छ । अमेरिका को "आइ. यन. ए." भन्ने कानुन ले संसार भरि बाट अमेरिका मा कम आप्रबासी भएका मुलुक हरू लाई ड़ी. भी.  भिसा लाटरी  द्वारा स्थाई भिसा उपलब्ध गराउने अनुमति दिन्छ।  जस्तै, नेपाल अहिले सम्म ड़ी. भी.  भिसा लाटरी प्रोग्राम का लागि योग्य देश को सुची मा नै पर्छ। २०१५-डी. भी. भिसा लाटरी प्रोग्राम का आवेदक हरू लाई सफलता को शुभकामना।

(यो लेखमा व्यक्त विचारहरू पाठकका  सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराला को कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४  मा सम्पर्क राख्न सक्नु हुनेछ --सम्पादक)।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक