Similar Articles

नेपाल समाचार (Nepal)

प्रायोजित संविधानसभाले दिएको संविधानमा दलितको अधिकार खोसियोः तिलक परियार

बिराट नेपाल

२५ असार काठमाडौँ । 
नेकपा माओवादी केन्द्रका नेता एवं कार्यालय सदस्य तिलक परियारले वर्तमान संविधानले दलितको अधिकार खोसेको बताएका छन् । प्रायोजित संविधानले बनाएको अहिलेको संविधानमा त्यसअघि व्यवस्था गरिएको दलित अधिकारलाई समेत कटौति गरिएको बताए । दलित अध्यायन केन्द्रले शनिवार राजधानीको अनामनगरस्थि संवाद डबलीमा एसएसलीमा उत्कृष्ट स्थान हासिल गरेका दलित विद्यार्थी सम्मान तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता परियारले सो कुरा व्यक्त गरेका हुन् । 

दलितप्रति असहिष्णु समुदाय नै अहिले पनि सत्तामा रहेको बताउँदै नेता परियारले भने ‘प्रायोजित संविधान सभाबाट बनेको संविधानले दलितको अधिकार खोस्ने काम गरेको छ । २०६८  à¤¸à¤¾à¤²à¤®à¤¾ गरिएको दलित अधिकारसम्बन्धी ड्राफ्टलाई यसले खाइदिएको छ ।’ अहिलेको व्यवस्थापिका संसदले दलितको अधिकार दिन नसक्ने ठोकुवा उनले गरेका छन् । ‘यो संसदले दलितलाई अधिकार दिनेवाला छैन । अधिकार लिन सङ्घर्षको विकल्प छैन’ उनको भनाई छ । 
दलितको अधिकारसम्बन्धी धाराहरुमा कानुनबमोजिम हुने भनेर झुक्याउने काम गरेको र यसमा सम्पूर्ण दलित समुदाय स्पष्ट हुन आग्रह गरे । ‘दलितलाई अधिकार दिने बिन्दुमा पुग्दा कानुनबमोजिम हुनेछ लेख्नु यो घातक छ । किनभने तिनै असहिष्णु समुदाय नै सत्तामा छन् । उनीहरू कानुन बनाउनै चाहँदैनन् । कानुनबिनाको अधिकार कहाँबाट मिल्छ ?’ परियारले भने ।

२०६८  à¤®à¤¾ गरिएको दलित अधिकारसम्बन्धी ड्राफ्टमा दलितलाई केन्द्र ३ र प्रदेशमा ५ प्रतिशत सहभागिता रहने विशेषाधिकारको व्यवस्था राखएको र त्यसलाई वर्तमान संविधानमा हटाएको उनले बताए । त्यसको ठाउँमा समावेशी र समानुपातिक शब्द राखेर राज्यले सदियौंदेखि पछाडि पारिएका दलितलाई झनै पछाडि पार्ने काम गरिएको उनको भनाई छ । जातिविशेषको अहङ्कारकै कारण दलितलाई निजामती सेवामा दलितलाई मन्त्रालयमा सचिव बनाउन रोक्ने काम भइरहेको उनले बताए । कानुनमै कमजोर समुदायलाई बढी कानुन लाग्ने गरेको भन्दै  à¤¤à¥à¤¯à¤¸à¤²à¤¾à¤ˆ चिर्न दलितहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए । यो वर्षको एसएलसी परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने दलित छात्र, छात्रालाई बधाई शुभकामना दिँदै धर्म निरपेक्षता संविधानमा हासिल भएको उपलब्धि भएको उनको धारणा छ । देशभर रहेका दलित धेरैजसो क्रिश्चियन भइसकेको पनि उनले बताए । 

कार्यक्रममा दलित अध्यायन केन्द्रले उत्कृष्ट स्थान हासिल गरेका ४२ जना दलित विद्यार्थीलाई सम्मान गरेको छ । सम्मान गरिएका छात्रछात्राहरुमा सरिष्मा सुनार, पूर्णिमा शाही, सुस्मिता सुनार, सन्देश छिनाल, मनिषा परियार, कञ्चन रम्तेल, निकेश पुर्कुटी, बनिता सुनार, विशाल सुनार, प्रभा बसेल, शिला बसेल, सञ्जु विक, विकल्प गतराज रहेका छन् । 

त्यसैगरी राजकुमार विक, रश्मी परियार, सविता, सुनार, आशिष् सुनार, सावित्री सुनार, मनोज परियार, अभिशेक गौतम, सुस्मिता विक, ममता परियार, रोहितकुमार विक छन् । सम्मान गरिएका अर्का विद्यार्थीहरुमा विनिता परियार, निता रम्तेल, सबुविक्रम नेपाली, नवराज नेपाली, सन्देश विक, सुस्म मगराती, विशाल सुनार, सगुन राउत परियार, बिना विक, सदिक्षा बसेल, सुजन नेपाली, सुरज घिमिरे, नमुना सुनार, सुस्मा विसुंखे, अस्मिता बोगटी र स्वस्तिका दुलाल रहेका छन् । 

कार्यक्रममा वक्ताहरु अनिता परियार, राजेश नेपाली, राम नेपाली तथा दलित अध्ययन केन्द्रका अध्यक्ष बुद्धि नेपालीलगायत अगुवाहरुले उत्कृष्ट स्थान हासिल गरेका उत्तीर्ण विद्यार्थीहरूलाई बधाई शुभकामना दिएका थिए । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक