Similar Articles

नेपाल समाचार (Nepal)

धुर्मुसलाई सघाउँदै नेपाली सेना गोरखबहादुर गण सिन्धुपाल्चोक

बिराट नेपाल

सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकीकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेना गोरखबहादुर गण सिन्धुपाल्चोकले श्रमदान गरेर सघाउने भएको छ । बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपिल गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको हो । उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकीकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ । नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भिमटारमा भूकम्प पीडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ । 

गिरान्चौर एकीकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमती सङ्घले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले जानकारी दिएका छन् । बस्ती निर्माणका लागि सैनिक श्रीमती सङ्घले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । दसैँ अघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको उनले बताएका छन् । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठुलो सहयोग पुर्याएको स्मरण गर्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन् । 

 

 


धुर्मुसलाई सघाउँदै नेपाली सेना
धुर्मुसलाई सघाउँदै नेपाली सेना
धुर्मुसलाई सघाउँदै नेपाली सेना
धुर्मुसलाई सघाउँदै नेपाली सेना


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक