Similar Articles

नेपाल समाचार (Nepal)

ओली सरकारको निर्णय उल्टाउँदै प्रचण्ड, १४ जनालाई सङ्कट

बिराट नेपाल

काठमाडौँ, २१ साउन । केपी ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइका लागि सिफारिस गरेको राजदूतमध्ये केहीको नाम वर्तमान नयाँ सरकारले फिर्ता लिने भएको छ ।


स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठकले २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतहरुको नाम फिर्ता लिने तयारी भएको हो ।


पराराष्ट्र सेवाबाट आएका आठ राजदूतको भने कारबाही प्रक्रिया अगाडि बढ्नेछ । ओली सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो ।


परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भई सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।

 

राजनीतिक पृष्ठभूमिका महेन्द्रबहादुर पाण्डे, डा‍ खड्गबहादुर के.सी., डा‍ नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई नयाँ सरकारले राजदूत नबनाउने तयारी गरेको छ भन्ने समाचार दैनिक नेपालमा लेखिएको छ । 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक