Similar Articles

नेपाल समाचार (Nepal)

भदौमा ‘मिष्टर टिन नेपाल २०१६’

बिराट नेपाल

काठमाडौ । टिन एजर्स युवाहरूको प्रतिभा निखार्ने उदेश्यले ‘मिष्टर टिन नेपाल २०१६’ आयोजना हुने भएको छ । टिन एजर्स युवाहरूको प्रतिभा निखार्दै उनीहरूलाई जुनै क्षेत्रमा पनि अगाडी बढ्न सक्ने दक्ष बनाउने प्रतियोगिताको उदेश्य रहेको छ ।

आयोजक रन वे नेपालले आइतबार एक बिज्ञाप्ती मार्फत ‘मिष्टर टिन नेपाल २०१६’का लागी आवेदन खुल्ला गरिएको जनाएको छ । यसै वर्षबाट सुरु भएको यो प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका टिन एजर्स युवाहरूले सहभागिता जनाउन सक्नेछन् ।

देशका प्रमुख सहरमा गरिने अडिसनबाट छनौट भएका उत्कृष्ट ५० प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा अर्थात् प्रशिक्षमा सहभागी गराइनेछ ।

प्रशिक्षणका क्रममा प्रतियोगिलाई व्यक्तित्व विकास, रन वे मोडलिङ , सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेष्ट क्लास, पब्लिक स्पिकिङलगायतका विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

१६ देखि २० वर्ष उमेर र कम्तीमा ५ फिट उचाही सहभागीका लागी  à¤ªà¥à¤°à¤¾à¤µà¤§à¤¾à¤¨ तोकिएको प्रतियोगितामा मुख्य उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कृत गरिनेछ । आगामी भदौ दोस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगितामा सहभागिताका लागी कुपन्डोलमा रहेको रनवे नेपालको कार्यलय तथा इन्टरनेटबाट पनि सिधै आवेदन भर्न सक्ने आयोजकले जनाएको छ 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक