काठमाडौं, २० साउन
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनीयताको शपथ लिदैं छन् । प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजे हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
शपथ लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौर जाने र लैनचौरमा रहेको शहिदको शालिकमा माल्यार्पण गर्ने, त्यसपछि कीर्तिपुरको चम्पादेवी पुगेर कम्युनिष्ट नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्ने र पेरिसडाँडामा पार्टीका शहिदहरुप्रति पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
पेरिसडाँडाको कार्यक्रम सकिएपछि उनि सिंहदरबार गएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।