ईश्वर थापा
धनकुटा, २२ साउन
पुर्व अर्थराज्य मन्त्री हरिराज खेवाको दशौं पुण्य तिथीको अवसरमा आज धनकुटामा श्रद्धाञ्जली कार्याक्रम भएको छ । श्रद्धाञ्जली कार्यक्रममा वोल्दै नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य हेमराज भण्डारी सुदर्शनले स्वर्गिय खेवाको नाममा स्मृति प्रतिष्ठान खोलिने जानकारी दिए ।
प्रतिष्ठानको माध्यमबाट खेवाले थालनी गर्नु भएको अधुरो सामाजिक काम पुरा गरिने समेत भण्डारीले बताए । स्वर्गिय खेवा पहिलो संविधान सभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित भई बाबुराम भटराई प्रधानमन्त्री भएको वेला अर्थराज्य मन्त्री वनेका थिए । २०२५ साल कार्तिक २३ गते धनकुटाको हात्तिखर्कमा जन्मिएका खेवाको गत साउन १३ गते धनकुटामा भएको वस दुर्घटनामा परि मुत्यू भएको थियो । दुर्घटनामा खेवा सहित १५ जनाको मृत्यू भएको थियो भने ३० जना भन्दा वढि घाईते भएका थिए ।
खेवा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनकुटाको संयोजक रहेका थिए । माओवादी केन्द्र धनकुटाको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रम विभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि लगायत विभिन्न संघ संस्थाको प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।