महा भूकम्प २०७२ बारे २४ बाल बालिकाको सस्मरण संगालो “सेकेन” प्रकाशित भएको छ | जर्मनीमा बस्ने नेपाली बालक अनुकृत लामिछाने र अमेरिकामा रहेका हिमांशु निभा कुवरको सक्रियता, सम्पादनमा पुस्तक प्रकाशित भएको हो | नेपाल बाहिरका ८ जना र नेपालमा रहेका १६ बालबालिकाको सस्मरण समेटिएको छ | ठुला मान्छेहरूको सस्मरण अनुभवलाई धेरै पत्र पत्रिकाले स्थान दिएको तर बाल बालिकाको मनोभाब, मनोविज्ञान तर्फ धेरै को ध्यान नगएको हुँदा बाल बालिकाको सस्मरण लिएर आएको बताउछन |
उक्त पुस्तकको लेखक बालबालिकाकै हातबाट सर्वनाम थिएटरमा लोकार्पण भयो | प्रकाशक द्वय हिमांसु र अनुकृत लगायत अन्य लेखक बालबालिकाहरू अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाइँ, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्यले बिमोचन गरेका थिए | सोहि अवसरमा अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना,सार्थक नेउपानेले भूकम्पबारे आफ्नो अनुभव मौखिक रूपमा पनि व्यक्त गरेका थिए |
पुस्तकमा सल्लहाकार सम्पादक महेश पौडेल, साहित्यकार अशेस मल्ल, नीलम कार्की निहारिका, डा. रबिन्द्र समिर, हरिहर तिमिल्सिनाले शुभकामना मन्तव्य दिएका थिए |सम्पादक द्वय हिमांशु र अनुकृतले अब आफुहरु बालबालिकाको रचनाको संगालो प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिँदै अर्को वर्ष बालबालिकाको कथाहरूको संगालो प्रकाशन गर्ने योजना भएको हुँदा बालबालिकालाई कथा लेखि पठाउनको लागि अनुरोध पनि गरेका छन् |आफनो रचना nibhkunwar@gmail.com रanukrit2000@gmail.com इमेलमा पठाउन सकिने बताएका छन् |