Similar Articles

नेपाल समाचार (Nepal)

नेम्बाङ एमालेबाट प्रमका उम्मेदवार

बिराट नेपाल

काठमाडौँ, साउन १७ गते ।

नेकपा(एमाले) का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताउनुभएको छ । à¤°à¤¿à¤ªà¥‹à¤°à¥à¤Ÿà¤°à¥à¤¸ क्लबले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रूपमा उपनेतालाई अघि सारिने बताउनुभयो । सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।


नेकपा (माओवादी केन्द्र)का नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न पनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने बताउनुभयो । अबको सरकारले सङ्घीय गठबन्धन र एमाले दुवैलाई साथमा लिएर सहकार्य गर्दै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

नेपाली काँग्रेसका नेता धनराज गुरुङले शान्ति प्रक्रिया, पुनःनिर्माण र आर्थिक समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नाको विकल्प नभएको बताउँदै संविधान कार्यान्यवनका लागि एमालेले प्रतिपक्षमा रही रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले आफ्ना माग सम्बोधन भए सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग बताउँदै निर्वाचनमा मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो । रासस



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक