Similar Articles

नेपाल समाचार (Nepal)

माओवादी केन्द्रको वामपन्थी बुद्धिजीविहरु एकजुट हुँदै

बिराट नेपाल

धनन्जय बुढा\काठमाडौं, २८ असार

नेकपा माओवादी केन्द्रका नेता एवं बुद्धिजसीवि इन्चार्ज दीननाथ शर्माले वामपन्थी बुद्धिजीविहरु एकजुट हुनुपर्ने बताएका छन् । एकतापछि गठित नेकपा माओवादी केन्द्र आवद्ध बुद्धिजीवि संगठनहरुको भेलाको निर्णय सार्वजनिक गर्न आयोजित राजधानीको संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । 

वामपन्थीनिकट बुद्धिजीवि संगठनहरु मिलेर गठन भएको यो संगठनले गति लिने विश्वास व्यक्त गर्दै शर्माले भने भत्किएका संगठनहरुलाई एक ठाउँमा ल्याउन पार्टी सफल भएको बताए । उनले बुद्धिजीविहरुले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।

असार २६ गते राजधानीमा पाँचवटा संगठनको एकता भेलाले सम्पन्न राष्ट्रिय भेलाल नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन गठन गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको प्रादेशिक भेला आउने साउन मसान्तभित्रै सक्ने गरी तयारी थालिएको जानकारी संगठनका दिएका छन् । 

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार संबाद डबलीमा आयोजित एक पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष नरेश भण्डारीले सो कुराको जानकारी दिएका हुन् । राज्यले बुद्धिजीविलाई सधैं सत्तादेखि बाहिर राखेर गल्ती गरेको भण्डारीले बताए । ‘बुद्धिजीविलाई सत्तामा प्रत्यक्ष रुपमा सहभागी गर्नुपर्छ’ भण्डारीको भनाई छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर भेलाले गरेको ५ बुँदे निर्णय सार्वजनिक गरे । भेलाले नेपाल बुद्धिजीवि संगठन, क्रान्तिकारी बुद्धिजीवि विङ, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवि संगठन र राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवि संगठन नेपाल र क्रान्तिकारी बुद्धिजीवि संगठन मिलेर भण्डारीको अध्यक्षतामा ३२५ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन गठन गरेको छ ।

त्यस्तै आगामी पौष महिनामा संगठनको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भेलाको छ । भेलाले संगठन, आर्थिक, अन्तर्राष्ट्रिय, अध्ययन, अनुसन्धान तथा अन्वेषण, सरकार–सदन–समन्वय, प्रचारप्रसार तथा प्रकाशन, स्कूलिङ, स्वास्थ्य, अनुशासन तथा अनुगमन र विज्ञान, प्रविधि तथा जलवायु विभागहरु गठन गरेको पत्रकार सम्मेलनमा बताए ।
 
भेलाले संगठनको उपाध्यक्षमा नन्दकुमार थापा, महासचिवमा कृष्ण केसी, सचिवमा गुणराज गौतम, कोषाध्यक्षमा भिमसेन गौतम चयन गरेको छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक