Similar Articles

नेपाल समाचार (Nepal)

सरकारले एसएलसीमा लागु गरेको लेटर ग्रेडिङमा थुप्रै त्रुटि छन्-- विज्ञ

बिराट नेपाल

काठमाडौँ  ३० असार
सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् । त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले प्सल टू तह अध्ययन गर्ने अवसरबाट वन्चित हुनुपर्ने परिस्थिति आएको बताउँदै तत्काल सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले ‘शिक्षामा लेटर ग्रेडिङ प्रणाली कार्यान्वय समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला तथा विज्ञहरुले सो कुरा व्यक्त गरेका हुन् ।

राज्यले बिना ठोस योजना ग्रेडिङ प्रणाली लागू गरेर दुर्गमका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराएको बताउँदै यो वातावरण तत्काल अन्त्य गर्नुपर्ने बताए ।

डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई निजी कलेज र सीटीईभीटी भर्ना लिन मानिरहेको छैन । यसबाट करिब एक लाख पचास हजार विद्यार्थी प्लस टू वा सो सरहको शिक्षा अध्ययन गर्नबाट वन्चित अवस्थामा छन् ।

कार्यक्रममा नेकपा माओवादीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले सरकारले हचुवाको भरमा एसएलसी परीक्षामा गरेको लेटर ग्रेडिङले विद्यार्थीलाई बजारिया वस्तुको स्थितिमा पुर्याएको बताएका छन् ।

राज्यले बिना ठोस योजना ग्रेडिङ प्रणाली लागू गरेर दुर्गमका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराएको बताउँदै यो वातावरण तत्काल अन्त्य गर्नुपर्ने बताए ।

‘गरिब परिवारका विद्यार्थीलाई राज्यले नै ११÷१२ पढ्न रोक्ने काम गरेको छ, यो अवस्था अन्त्य गर्न सरकार गैरजिम्मेवार बन्नु दुःखद विषय हो’ वास्तोलाले भने ।

‘राज्यले श्रमिकलाई श्रम बजारमा वितरण गरेझै विद्यार्थीलाई पनि बिना योजना निजी क्षेत्रको शैक्षिक बजारमा वितरण गरेको छ’  उनले भने ‘जीपीए प्रणाली राम्रो हुँदाहुँदै पनि विद्यार्थीको क्षमता मापन प्रणाली नै अवैज्ञानिक छ ।’

कार्यक्रममा शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइरालाले वर्तमान लेटर गे्रडिङ तरिकाले शिक्षकलाई अल्छी र बद्मासी बनाउन सघाएको बताए । ‘लेटर गे्रडिङमा थुप्रै कर्तुतहरु छन्, राज्यले यो कुरा सरोकारवालसँगको छलफलबाट टुंग्याउन सक्नुपर्छ’ प्रा।डा। कोइरालाले भने । ‘रूपान्तरणको नाममा फुस्कान्तर भएको छ ।

विद्यार्थीलाई पढेर मात्र राम्रो गर्न सकिन्छ भन्ने बनाउन सक्नुपर्नेमा जोड दिँदै शिक्षकलाई पेसाप्रति प्रतिबद्ध बनाउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा प्राध्यापक तीर्थ पराजुलीले आधारभूत शिक्षा बृहत्मा आधारित हुनुपर्ने बताए । लेटर गे्रडिङका क्रममा अन्डरग्रेडिङको व्यवस्था नगरिँदा अहिलेको समस्या आएको बताए । ‘यो पटक लेटर गे्रडिङ गर्न सफल भएको छ, तर अन्डरग्रेडिङको कोलम नराखेर सरकार चुक्यो’ उनले भने ‘राम्रो ग्रेड ल्याउन पढ्नै पर्छ भन्ने कुरा स्थापित गर्न सरकार लाग्नुपर्छ ।’

अखिल क्रान्तिकारीले उठाएका मागप्रति समर्थन रहेको बताउँदै प्रा.पराजुली भने ‘डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई परेको समस्याको सरकारले छिट्टै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले लेटर गे्रडिङमा डी र ई ल्याएका विद्यार्थीलाई उच्च शिक्षा पढ्न सक्ने नीति  बनाउन मन्त्रालय लागिरहेको बताए ।

विज्ञान विषय पढ्ने विद्यार्थी सहर बजारमै रहन खोज्नुले अहिलेको समस्या आएको बताए । दुर्गममा विज्ञान विद्यालय सञ्चालन गर्दा विद्यार्थी नै नपाएर विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेको उनको भनाई छ ।

‘दुर्गम क्षेत्रका बजेट समेत खेर गइरहेको बताउँदै डी र ई ल्याउने विद्यार्थीलाई एसएससीभन्दा माथिल्लो तहको शिक्षा अध्यायन गर्ने अवसरबाट वन्चित नगराउने नीति सरकारको छ’ उनले भने । ‘मन्त्रालयले पटकपटक निर्णय गर्नुको पछाडि समस्या समाधान चाहेको स्पष्ट हुन्छ,’ प्रवक्ता डा। लम्सालले भने ।

समस्यालाई अगाडि राखेर सबैको सहमतिमा समाधान गर्ने कुरामा सरकार सदैव तयार रहेको उनको भनाई छ । विद्यार्थीले राम्रो ग्रेड ल्याउन पढ्नै पर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले सरोकारवालसँग छलफल नगरेकै कारण लेटर ग्रेडिङ प्रणालीमा समस्या आएको बताए ।
 
डी र ई ग्रेडका विद्यार्थीले उच्च शिक्षा हासिल गर्नबाट वन्चित गराउने सरकारको नीतिलाई तत्काल परिर्वतन गर्नुपर्ने बताए । ‘सरकारले एकाङकी तरिकाबाट ग्रेडिङ प्रणाली ल्याउने काम गर्‍यो । आज यो समस्या आयो । यसमा सरकार गम्भीर हुनैपर्छ’ मल्लले भने । लेटर ग्रेडिङको परिभाषा बेग्लबेग्लै तरिका भइरहेको भन्दै यसलाई एकरुपतामा ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने बताए । ग्रेड डी र ई ल्याउने विद्यार्थी करिब एक लाख पचास हजारको सङ्ख्यामा रहेको बताउँदै सबैलाई उच्च शिक्षा पढ्ने अवसरबाट वन्चित नगराउन मल्लले सरकारसँग आग्रह गरे ।

नेकपा एमाले निकट अनेरास्ववियूका उपाध्यक्ष शैलेस लामाले शिक्षा आमूल परिवर्तन आवश्यक रहेको बताए । ‘नेपालको शिक्षा प्रणालीमा सुधार गरेर पुग्दैन, आमूल परिवर्तनकै खाँचो छ’ उपाध्यक्ष लामाले भने ‘आफ्नो छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने शिक्षकले अरूको छोराछोरीको शिक्षाको जिम्मा लिनु ठुलो गल्ती हो ।’

शिक्षामा शैक्षिक फटाहरुको प्रभाव बढ्दै गएको बताउँदै लामाले नाममा इन्टरनेशनल जोडने कलेजहरुले कम्तीमा एक प्रतिशत विदेशी विद्यार्थी पढाउनुपर्ने बताए ।

शैक्षिक फटाहरुको रुचिमा सरकारले शिक्षाको बजेटमा कटौती गरेको बताउँदै ग्रेड डी र ई ल्याउने विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वन्चित सरकारले कुनैपनि हालत गर्न नहुने उनको धारणा छ ।

त्यस्तै कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपालीले लेटर ग्रेडिङ प्रणाली कक्षा एकदेखि लागू गर्नुपर्ने बताए । ‘लेटर ग्रेडिङ बिचतिरबाट सुरु गरेकै कारण यो समस्या आएको हो । कक्षा एकदेखि बाह्रसम्मै लेटर ग्रेडिङ प्रणाली लागू गर्नुपर्छ’ नेपालीले भने ‘कि त सबै कक्षामा लागू गरिनुपथ्र्यो, कि त साना कक्षाबाट सुरु गर्नुपथ्र्यो ।’

विद्यार्थीले उच्च शिक्षा पढ्न पाउने अधिकारबाट च्युत हुने अवस्था आउन नहुने उनको भनाई छ । डी र ई ग्रेडका विद्यार्थीले प्लस टूमा भर्ना हुन नपाउने नीति पूर्ण गलत भएको नेपालीले बताए । नीति सच्याउन सरकारसँग उनले आग्रह गरे ।

कार्यक्रममा कार्यक्रम आयोजक अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले लेटर ग्रेडिङमा डी र ई  ल्याउने विद्यार्थीलाई प्लस टू सरहको शिक्षा अध्यायनमा सरकारले रोक लगाउनु अपराध भएको बताए ।

सिहंले अखिल क्रान्तिकारी सधैँ शिक्षामा आमूल परिवर्तनको पक्षमा रहेको स्पष्ट पारे । शिक्षा मन्त्रालयले मुठ्ठीभर शैक्षिक दलालहरुको चंगुलमा परेको बताउँदै मन्त्रालयका नीति निर्माता कोठे बैठकमा सीमित हुने गरेकाले लेटर ग्रेडिङमा समस्या आएको बताए ।

लेटर ग्रेडिङमा डी र ई ल्याउने डेढ लाख विद्यार्थीलाई प्लस टू पढ्नबाट रोक्ने काम सरकारले गरे जस्तोसुकै आन्दोलनमा अखिल क्रान्तिकारी होमिने चेतावनी दिए । भारतीय पाठ्याक्रम पढाउँदै आएको नेपालका विद्यालयहरुलाई सम्बन्धन दिएर मन्त्रालय गम्भीर गल्ती गरेको अध्यक्ष सिंहले बताए ।

उनले एसएलसीमा परीक्षामा डी र ई ग्रेड ल्याएका डेढ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गरे ।

अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले सरकारले विद्यालय तहको शिक्षालाई व्यापारीकरण गराएको बताए । एसएलसीमा डी र ई ग्रेड तह हासिल गरेका करिब एक लाख पचास हजार विद्यार्थीलाई सरकारले सीमा तोकिदिएर प्राविधिक शिक्षा समेत पढ्ने अवसर नदिएको भन्दै आपत्ति जनाए ।

सरकारले नै निजी क्षेत्रका कलेजको व्यापार बढाउने काम गरेको बताउँदै गएर सम्पूर्ण शिक्षा निःशुल्क हुनुपर्ने अखिल क्रान्तिकारीको मागलाई अझ जोडदार उठाउने बताए ।

अखिल क्रान्तिकारीले ग्रेडिङ प्रणालीको मूल मान्यताविपरीत लागू गरिएको तह निर्धारण विधि सच्याउनुपर्ने, मावि तहमा प्राविधिक र सीपमूलक विषय अध्यायनमा शैक्षिक ऋृणको व्यवस्था गरिनुपर्ने, एउटै तह र संकायमा लिइने फरक शुल्कको अन्त्य तथा अतिरिक्त शुल्क खारेज हुनुपर्नेलगायत मागहरू राखेर आन्दोलन चलाइरहेको छ ।
 सरकारले एसएलसीमा लागु गरेको लेटर ग्रेडिङमा थुप्रै त्रुटि छन् -विज्ञ
 सरकारले एसएलसीमा लागु गरेको लेटर ग्रेडिङमा थुप्रै त्रुटि छन् -विज्ञ
 सरकारले एसएलसीमा लागु गरेको लेटर ग्रेडिङमा थुप्रै त्रुटि छन् -विज्ञ
 सरकारले एसएलसीमा लागु गरेको लेटर ग्रेडिङमा थुप्रै त्रुटि छन्- विज्ञ


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक