Similar Articles

नेपाल समाचार (Nepal)

लुको सेर्गा प्राविलाई अमेरिकाबाट तीन लाख सहयोग

बिराट नेपाल

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको सेर्गामा रहेको सेर्गा बागम प्राविलाई तीन लाख २५ हजार ५,२५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

 

उक्त रकम एक कार्यक्रमकाबीच हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले विद्यालयका प्रतिनिधि टाकर्म दुरदार्शी समूहका अध्यक्ष दावा शेर्पालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा समूहका पासाङ शेर्पा पनि सहभागी थिए ।

 

भूकम्पले क्षतिग्रस्त सेर्गा प्राविले सहयोग पाएकोमा शेर्पाले खुसी व्यक्त गरे । ‘विद्यालयमा जम्मा दुई कोठे भवन थियो, त्यो पनि गत वर्ष आएको भूकम्पले भत्काइदियो,’ शेर्पाले भने, ‘यो रकमले बलियो भवन बन्ने भएको छ ।’ सेर्गा प्रावि सोलुखुम्बुकै दुर्गम गाउँमा रहेको र शिक्षकको अभावमा पढाइसमेत नियमित नहुने उनले दुखेसो पोखे ।

 

विद्यालयलाई सहयोग गर्न पाएकोमा एसोसिएसनका अध्यक्ष थापा र एभरेस्ट टाइम्सका सम्पादक पाख्रिनले खुसी व्यक्त गरे । उनीहरूले सहयोग गरिएको रकम सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए ।

 

काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल(किम्फ)को आयोजना र न्युयोर्कबाट प्रकाशन हुँदै आएको एभरेष्ट टाइम्स पत्रिकाको सहआयोजनामा न्युयोर्कमा गत जुन ५ मा घुम्ती किम्फ आयोजना गरिएको थियो ।

 

उक्त कार्यक्रममा संकलित रकम विद्यालयलाई सहयोग पठाइएको एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले बताए । हिमाल एसोसिएसनसँग मिलेर एभरेस्ट टाइम्सले हरेक वर्ष न्युयोर्कमा किम्फ प्रदर्शन गर्दै आएको छ ।

 

गत वर्ष अगस्ट २९ मा न्युयोर्कमा आयोजित किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया सोलुखुम्बुकै चाँगेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक