Similar Articles

अमेरिका समाचार (USA)

एएनए सम्मेलन आजबाट सुरु- को को छन् एएनएका सारथीहरू

बिराट नेपाल

जर्जिया एटलाण्टामा जुलाई २ शनिवार बिहान ९ बजे उद्घाटन !


बिआरटी नेपाल ड्ट सम्बाददाता, एटलाण्टा । 
उत्तरी अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था अशोसिएसन ऑफ नेपलिज इन अमेरिका (एएनए) को आजबाट राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनका कार्यक्रमहरू आजैबाट सुरु भए पनि औपचारिक उद्घाटन भने भोलि बिहान ९ बजे हुने जानकारी सम्मेलनका संयोजक डा. शम्भु ढुंगानाले बताउनु भयो ।

अध्यक्ष रोजर अधिकारीले गत हप्ता जारी गर्नु भएको प्रेस विज्ञप्तिमा नेपालीपन झल्किने पहिरनमा उद्घाटन समारोहमा उपस्थित भइदिन सबैलाई आग्रह गर्नु भएको छ। कार्यक्रमको बारेमा थप जानकारी लिन खोज्दा उपाध्यक्ष विजयराज भट्टराईले उद्घाटन देखि समापन सम्म र सम्पूर्ण फोरम तथा अन्य सांस्कृतिक, धार्मिक, खेलकुद, डिजे, फेशन सोका सम्पूर्ण संयोजक तथा कार्यक्रम मोडरेटरहरु तथा प्यानालिस्टहरु उपस्थित भई सक्नु भएको र तयारी पूर्ण भएको जानकारी गराउनु भयो । 

अर्का उपाध्यक्ष खगेन्द्र अधिकारीले फेशन सो, नेपथ्य कन्सर्ट, डिजे जस्ता कार्यक्रममा धेरै दर्शकहरुको उपस्थिति रहने र त्यसले एएनए लाई आर्थिक रूपमा अझ सबल बनाउने अपेक्षा रहेको बताउदै कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरंजन तथा नेपालीत्वको जगेर्ना गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । 

एएनएले आफ्नो स्थापना काल सन् १९८३ देखि जुलाईको पहिलो हप्ताको लामो बिदा पारेर यस संस्थाले आफ्नो राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ। लामो समय आन्तरिक पीडामा बल्झिएर अघि बढेको एएनए सम्मेलन निकै चुनौती पूर्ण रहेपनि यसलाई सहजै अघि बढाउन एएनए नेतृत्वले आफ्ना स्थापनाकाल देखिका अग्रज, शुभचिन्तक तथा एटलाण्टाका स्थानीय नेपालीहरूको सक्रिय सहभागितामा आज सम्मेलनको तयारी सकिएको जानकारी गराउनुभयो कम्युनिकेशन अफिसर डा. तुलसी जोशीले । हालका एएनएका कार्यकारिणी समितिमा रोजर अधिकारी - अध्यक्ष, डा. शम्भु ढुंगाना - ब. उपाध्यक्ष, विजयराज भट्टराई - उपाध्यक्ष, खगेन्द्र अधिकारी - उपाध्यक्ष, डा. अनुप श्रीवास्तव - महासचिव, डा. गम्भीर श्रेष्ठ -कोषाध्यक्ष ,डा. तुलसी जोशी - कम्युनिकेशन अफिसर तथा रमेश गुरुङ, श्रीधर कँडेल र जय मण्डल बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक