अमेरिका १ अगस्ट
सदावाहार नायक भुवन केसी अमेरिकामा सम्मानीत भएका छन् । नेपाली चलचित्रमा लामो समयदेखी निरन्तर सक्रीय रहेका नायक केसीलाई कलाकार मञ्च केन्द्रिय कार्य समिती अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी अमेरिकाले संयुक्त रुपमा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नायक केसीले आफुलाई गरिएको अभिनन्दन प्रति आफु आभारी रहेको बताउँदै आफुले चलचित्रको क्षेत्रमा सक्दो योगदान जारी राख्ने बताए साथै उनले आफुले पछिल्लो पटक बनाएको चलचित्र ड्रिम्स अत्यन्त सफल र अन्तराष्ट्रिय स्तरको भएको पनि बताए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रिय कार्य समिती अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवं लोक दोहोरी गायक रामप्रसाद खनालले केसीलाई अभिनन्दन गर्नुका साथै उनको योगदानको प्रशंसा पनि गरेका थिए ।
चर्चित रेडियोकर्मी सरोज केसीले सञ्चालन गरेको कार्यक्रममा अनेसास डिसी मेट्रो कमिटी उपाध्यक्ष भूपनारायण घर्तिमगर, नायिका अनुपमा प्रसाइ, रोशन प्रताप राणा, केसी पुत्री काजोलले लगाएतक वाशिङ्टन डिसी, भर्जिनिया, म्यारिल्यान्डबाट आएका दर्शकहरु बाक्लो उपस्थिीत थियो । अमेरिकामा रहेका उनका प्रशंसकहरुले नायक केसीलाई भेट्न पाउँदा अत्यन्त खुशि लागेको बताए ।
नायक केसीले कार्यक्रममा आयोजक, दर्शक र कलाकारहरु संगै बसेर आफ्नो चलचित्र ड्रिम्स हेरेका थिए । सो अबसरमा