Similar Articles

अमेरिका समाचार (USA)

जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता

बिराट नेपाल

न्यु योर्क, जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको छ । भूकम्प पीडितका नाममा उठाइएको रकम खाताबाट हिनामिना भएपछि चर्को बहसमा आएको समितिको रकम फिर्ता भएको हो । भूकम्प पीडितका लागि उठाएको रकमको संस्थाको खाताबाट निकालिएको नगद रकम मध्ये २२ हजार डलर महासचिव मुनेन्द्र नेम्बागंले र १० हजार ५ सय कोषाध्यक्ष विजय थुलुगंले खातामै फिर्ता गरेका छन् ।

संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाण्डौको गागलखेतीको भूकम्प पीडित विद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि विवाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख विष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफूले चाँडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।

भूकम्प आए लगत्तै अध्यक्ष विष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष विष्ट, महासचिव नेम्बागं र कोषाध्यक्ष थुलुगंको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुई जनाले रकम निकालेको अध्यक्षले थाहा पाएपछि मात्र समितिले रकम हिनामिना भएको खबर सार्बजानिक भएको थियो ।

अध्यक्ष विष्टले रकम हिनामिना भएको खबर बाहिर ल्याएपछि महासचिव र कोषारध्यक्षले पनि अध्यक्ष बिस्टलाई समेत आरोप लगाएका थिए । दुवै पक्ष बिच आरोप प्रत्यारोप चलेपनि हाल महासचिव र कोषाध्यक्षले समितिको रकम खातामानै फिर्ता गरेका छन् । अध्यक्षले छानबिनको प्रक्रिया अगाडि बढाएपछि महासचिव र कोषाध्यक्षले रकम पुन खातामै राखेको जनाइएको छ ।

रकम पुन खातामा आएको पुष्टि गर्दै अध्यक्ष विष्टले आफू सिपिएसंग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनीतिक रूपमा विवादमा आउने समिति यस पटक भूकम्प पीडितको रकम हिनामिनाको समाचारले निकै विवादमा आएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक