Similar Articles

अमेरिका समाचार (USA)

डिसीमा ग्रीष्मकालीन संगीतात्मक साँझको भब्य तयारी

बिराट नेपाल

विजय थापा, वाशिंगटन डिसी
डिसी महानगर क्षेत्रमा लामो समय पश्च्यात नेपालका ख्याती प्राप्त कलाकारहरूको विशेष प्रस्तुति भएको साङ्गीतिक कार्यक्रम समर म्युजिकल साँझ हुने भएको छ l कार्यक्रम आगामी जुलाई ३० तारिख शनिवार डिसी नजदिक भर्जिनिया राज्यको अलेक्जेंड्रियामा हुने भएको छ l उक्त ग्रीष्मकालीन संगीतात्मक साँझको आयोजना भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति हुनेछ l उक्त साङ्गीतिक साँझ नामक कार्यक्रममा कोलोराडोमा बसोबास गर्दै आएका प्रसिद्ध गायक दिपेश भट्टराई तथा न्यु योर्कमा बस्दै आएका चर्चित गायक हरिस माथेमाको विशेष प्रस्तुति हुने छ l

यसै गरी गायक विजय अधिकारी तथा गायक सुनिल उप्रेतीले पनि गीत प्रस्तुत गर्ने छन् l सबै कलाकारले प्रतक्ष्य सङ्गीत माध्यम (लाइभ ब्याण्ड ) प्रस्तुति गर्ने छन् l उक्त कार्यक्रममा नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,प्रख्यात गायक तथा नायक बाबु बोगटी को समेत विशेष प्रस्तुति हुने छ l यसै गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी नयाँ पिढीकि गायिका निक्की कार्की समेतको विशेष प्रस्तुति हुने भएको छ l

यसै गरी डिसी क्षेत्रमा लामो समय देखि बस्दै आएका नृत्य निर्देशक नवीन केसीको प्रस्तुति हुने छ l उक्त  à¤¸à¤‚गीतात्मक साँझको प्रवेश शुल्क अग्रिम रूपमा बिधुतिय प्रणाली तथा आयोजक सँग खरिद गर्दा केवल $ २० डलर राखिएको छ भने कार्यक्रम स्थलमा खरिद गर्दा $ २५ डलर राखिएको जानकारी आयोजकले दिएका छन् l

यस कार्यक्रममा प्रसिद्ध नेपाली चलचित्र रेसम फिलीलिको जालमा नृत्यको प्रस्तुति अमेरिकाको बाल्टिमोरमा छायांकन गरिएको नेपरकक्रिजको प्रस्तुति समेत हुने भएको छ  l उक्त जालमा नृत्यका कलाकार राज श्री श्रेष्ठ ,नदीम महर्जन ,कामना अधिकारीको प्रस्तुति हुने छ l अहिले सम्म कै उत्कृष्ट ग्रीष्मकालीन संगीतात्मक साँझ रहेको उक्त सङ्गीत साँझमा उपस्थितिको लागि सबै डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबैलाई आग्रह आयोजकले गरेका छन् l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक