Similar Articles

अमेरिका समाचार (USA)

प्रमोद खरेल, आस्था राउत तथा आना स्टिरको समर धमाका आज डालासमा

बिराट नेपाल

डालास । यु एस खबरको à¤†à¤œ टेक्सस राज्यको अर्भिंग सहर स्थित डिएफ़्डब्लु होटेलमा हुन लागेको विशेष साङ्गीतिक कार्यक्रम समर म्युजिकल धमाकाको सम्पूर्ण तयारी भई सकेको जानकारी आयोजक किसन रेग्मी बिआरटी नेपाललाई बताउछन । उक्त कार्यक्रमको लागि गायक प्रमोद खरेल र गायिका आस्था राउत, टेक्सस आइपुगेका छन् भने लोक गायिका आना स्टिर आज साँझ ४ बजे डालास आइपुग्दै छिन । कार्यक्रमको आयोजना युएस खबरले गरेको छ ।

 

प्रमोद खरेलको यो कार्यक्रम अहिलेको अमेरिका यात्राको तेस्रो कार्यक्रम हो । यसै कार्यक्रममा à¤‰à¤¨à¤•à¥‹ नयाँ गीतको म्युजिक भिडियोको à¤ªà¤¨à¤¿ बिमोचन हुनेछ । “मेरा शुभचिन्तक र दर्शकहरुलाई त्यहाँ आउन मेरो बिनम्र अनुरोध छ, तपाईँलाई मैले निराश पार्ने छैन, à¤†à¤œà¤•à¥‹ सांझ मलाई दिनुस” प्रमोद भन्छन् ।

 

आस्था भन्छिन, आजको साँझ मेरो लागि अग्नि परीक्षा हो किनभने टेक्सासमा मेरो पहिलो कार्यक्रम हो । तपाईँहरूलाई नचाउने मेरो जिम्मा । नाच्ने मूडमा आउनुहोला । आशाको प्रस्तुतिमा सिटमा बसेर ताली मात्र बजाउने छुट कसैलाई हुँदैन । 

 

अन्ना स्टिर पनि आज साँझ ४ बजे डालास आइपुग्दै छिन । दर्जनौं नेपाली लोक दोहोरी गाइसकेकी यी गायिका नेपाली समाजकी गहना हुन् । नेपालीहरूले नै आफ्नो पोशाक भुलेर विदेशी पोशाकमा रमाई रहंदा उनी नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिन्छिन । नेपाली पनि नेपाली भाषी जत्तिकै बोल्छिन । “म एकल र दोहोरी दुइवटै प्रस्तुतिको लागि तयार भएर आएकी छु । म तपाईँहरूलाई पक्कै रमाइलो बनाउने छु” जहाज चढ्नु अघि अन्ना ले भनिन ।

 

यी र अन्य स्थानीय कलाकारको प्रस्तुति एबम डिजे शुशांतको जादु पनि आज प्रस्तुत हुँदैछ । यसमा उपस्थित भएर कलाकारहरूको हौसला बढाईदिनु हुनको साथै युएस खबरको यो प्रस्तुतिमा सहयोग पुर्‍याउन टिम सबैमा हार्दिक अनुरोध गर्दछ । 


अन्तमा युएस खबर पत्रिका तथा अनलाईको यस कायक्रमको अवसरमा बिआरटी नेपाल ड्ट कम परिवार हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक