शिव विष्ट, नर्थ क्यारोलिना ,३० जुलाई ,२०१६
संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता सङ्गठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) र अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त सङ्गठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा)को १२ औ संयुक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । अमेरिकामा रहेका नेपालीहरू र नेपालबाट आउने चर्चित कलाकारहरुसहित करिब पन्ध्र सय जति नेपालीहरू सहभागी हुने विश्वास गरिएको सो कार्यक्रम सम्मेलनको संयोजन सेन्ट लुईसस्थित नेपाल चौतारीले गरिरहेको छ ।
संयुक्त सम्मेलनलाई भव्यताका साथ् सम्पन्न गर्न लागि नेपाल चौतारीका अध्यक्ष तथा सम्मेलन संयोजक बलराम पन्थि लगाएत मूल समितिमा रहनु भएका समितिका उपाध्यक्ष हरू क्रमश आन्माका कैलाश कायस्थ, बाला घिमिरे, दिवेश प्रधान , नासाका शैलेन्द्र बज्राचार्य, कृष्ण श्रेष्ठ र उद्धव कार्की एवं आन्मा तथा नासाका अध्यक्षद्वय सुशीलराज शर्मा र बिमल नेपाल अहोरात्र खटिरहनु भएको छ । त्यसैगरि मूल समितिको कार्य व्यवस्थापन र बैठक परिचालन गर्दै तिनैओटा संस्थाका महासचिवहरु क्रमश : भरत कंडेल, शिव विष्ट र दिलीप योगीहरु पनि लागि पर्नु भएको छ l साथै सम्मेलनलाई पूर्ण सफल पार्नका लागि विभिन्न उपसमितिका संयोजकहरु आफ्नो जिम्मेवारी र कार्य कुशलता समाजमा देखाउन रातदिन नभनि लागि रहेका छन् । विभिन्न छेत्रका अनुभवी व्यक्तिहरूलाई आफ्नो उपसमितिमा सहभागी गराउदै दर्ता/स्वागत समितिका संयोजक प्रकाश शाही,कार्यक्रम समितिका प्रभाकर ढुंगाना ,संस्कृति समितिका प्रविन बानिया,सूचना प्रविधिका सुन्दर श्रेष्ठ ,प्रकाशन समितिका शैलेश पन्त ,महिला समितिकि माधवी बस्नेत कार्की ,युवा समितिका केशव के.सी.,स्वास्थ्य तथा समाज कल्याण समितिका डा.निरन्जन श्रेष्ठ, खाद्य समितिका श्याम बस्नेत ,साङ्गीतिक समितिका दिभेश प्रधान ,स्वयम सेवा समितिका अमित झा ,निबन्ध समितिकी डा. शुस्मा प्रधान ,साहित्य समितिकि उर्मिला निर्दोषी ,जन सम्पर्क तथा सूचना समितिका दिवस कोइराला ,बजार तथा प्रबर्धन समितिका असीम लामिछाने र अर्थ समितिका धिरज प्रधान कार्य सम्पादनमा व्यस्त रहनु भएको छ । अमेरिकामा रहेका नेपाली समुदायलाई सहभागी हुन नासाका अध्यक्ष विमल नेपाल, आन्माका अध्यक्ष सुशील शर्मा लगाएत आयोजक समितिले संयुक्त आव्हान गरेका छन् । सम्मेलनमा नेपालबाट ख्याती प्राप्त कलाकारहरूको समूह तथा अमेरिकामा रहेका व्यावसायिक तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने भएकाले सम्मेलनलाई भव्य बनाउने तयारी भैरहेको सम्मेलन प्रमुख बलराम पन्थीले बताएका छन् ।
"हाम्रो संस्कृति र पहिचानको रक्षार्थ , नेपाली अमेरिकन समुदायको भूमिका " को मूल भाव बोकेको यस वर्षको सम्मेलनमा नेपाली भाषा ,कला ,साहित्य ,संस्कृतिको संरक्षण, नेपालीहरुबीच आपसी भाईचारा बढाउन एकताका लागि फलदायी हुने जनाइएको छ । कार्यक्रममा विभिन्न विषयमा विचार गोष्ठि, नेपाली संस्कृति झल्काउने गीत सङ्गीत, मनोरन्जनात्मक कार्यक्रम, खेलकुद र सूचना प्रविधि बारेमा समेत विशेष प्रस्तुति हुने भएकोले सो सम्मेलन ऐतिहासिक हुने आन्माका अध्यक्ष सुशीलराज शर्मा ले बताएका छन्
करिब १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै फेसन, बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सांस्कृतिक प्रस्तुति, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू पनि सञ्चालन हुने भएकोले सम्मेलन लाई सफल पर्न सहयोग पु ग्ने नासाका अध्यक्ष बिमल नेपालले बताएका छन् ।
रक व्याण्ड १९७४ एडीको विशेष प्रस्तुति हुने
यसै बिच सम्मेलनमा विशेष सांस्कृतिक प्रस्तुतिका लागि नेपालबाट चर्चित कलाकारहरू आउने भएका छन् । नेपालको चर्चित रक व्याण्ड १९७४ एडी ले सेप्तेम्बेर ३ ,शनिवारको साँझलाई संगीतमय बनाउने भएको छ । व्याण्डका गायकहरु एड्रिन प्रधान, निराकार यक्थुम्बा, मनोज कुमार केसी, र सञ्जय श्रेष्ठले आफ्ना चर्चित गीतहरू " छुदैन तिम्रो मायाले ,......",गुरासै फुल्यो बनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा...........',परेलीमा लुकाई राखन,अँगालोमा बाधी राखन .........", जसो गर जे भन जता सुकै लैजाऊ मलाई , यो मन त मेरो नेपाली हो ........." ,मायालुले मायालुले हामीलाई पिरैमा डुबायो .........." लगाएतका बहुचर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरंजन दिलाउने भएका छन् । नेपाली युवामाझ निकै लोकप्रिय रहेको, राष्टिय स्तरमा अनेकोै ठुला सङ्गीत अवार्डहरु हात पारिसकेको सो व्याण्डले अमेरिकामा यस अघि दुई पटक, अष्टेलिया यूरोपलगायत देशमा आफ्नो प्रस्तुति दिईसकेका छन् । त्यसैगरी अर्को साँझ विभिन्न राज्यहरूबाट आएका सहभागीहरूले पनि नेपाली कला र संस्कृतिसम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकामा रहेका नेपालीहरूका विभिन्न सङ्गठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक् र व्यवस्थित मानिँदै आएको छ । निकै व्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ ।
हरेक वर्ष आयोजना हुँदै आईरहेकोे सम्मेलन यसअघि ११ औ संयुक्त सम्मेलन नर्थ क्यारोलिनाको हाई प्वाईन्टमा टिएनसिसिको संयोजनमा सम्पन्न भएको थियो । नेपालमा महाभूकम्प पिडितहरुको सहयोगका लागि समर्पित सो सम्मेलन बाट बचत भएको रकममा थप गरी लम्जुङ्गको राइनासकोटमा नासा र आन्माको नाममा छुटै भवन निर्माण गरी स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ ,जसको संयोजन अमेरिकन महिला नागरिक नताशा उज़नियकले गर्नु भएको थियो। सम्मेलनमा सहभागी हुनका लागि विशेष छुट सहितको दर्ता प्रक्रिया आगामी जुलाई ३१ , आइतबार सम्म भएकोले सबै सदस्य तथा इच्छुक महानुभावहरुलाई आफ्नो नाम दर्ता गर्न आयोजक समितिले अनुरोध गरेको छ। त्यस पछि पूर्ण शुल्क लाग्ने हुदाँ होटेल र कार्यक्रममा सहभागी हुन निम्न वेब साइट ( http://jointconvention.org/ )प्रयोग गर्न सूचित गरेको छ ।