मेरील्याण्ड,अगष्ट ७ अमेरिकाको निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फबाट उमेदवार बन्नु भएकी हिलारी क्लिन्टनले आप्रवासीको अधिकारलाई पूर्ण प्रत्याभूति गर्न महत्त्वपूर्ण सुधारको थालनी गर्नुहुने भएको छ । आइतबार क्लिन्टनको चाहनावारेमा नेपाली समुदाय माझमा बोल्दै उहाँको एशियन अमेरिकनका लागि वाहय निर्देशक ज्यासन टयांकोले यस्तो धारणा राख्नु भएको हो । निर्देशक टयांकोले भन्नुभयो परिवारका सदस्यहरूलाई पुर्नमिलन गराउन र आप्रवासी कानुनमा सुधार गर्न हिलारीले राष्ट्रपतिमा निर्वाचित हुनु भएको खण्डमा सय दिन भित्रै महत्त्वपूर्ण काम गर्नु हुनेछ ।
नेपाली फर हिलारी (हिलारीका लागि नेपाली ) ले आयोजना गरेको छलफलमा डमोक्रयाट पार्टीकी युवा सञ्जाल राष्ट्रिय कमिटिकी उपाध्यक्ष कस्टिन्टीना मिसले निर्वाचनको पूर्व सन्ध्यामा नेपालीहरूलाई मतदाताको सूचीमा सूचीकृत हुन विशेष आग्रह गर्नु भयो । तल्लो तहसम्मका विभिन्न ईकाईमा वाडिएर रहनु भएका नेपालीहरूलाई म मतदाताको सूचीमा सूचीकृत हुन र मतदानमा भाग लिनुहुन अनुरोध गर्दछु ।
छलफलमा सहभागीहुनु भएकी एएपी आइको तर्फबाट राष्ट्रपति वाराक ओवामाका लागि सल्लाहकार सञ्चिता प्रधानले नेपालीहरूले अमेरिका व्यापीरुपमा निर्वाचनमा भाग लिन,मतदान गर्न र निर्वाचनमा डेमोक्रयाट पार्टीलाई विजय गराउन विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँको भनाई थियो, हामीहरूले सांस्कृतिक पर्वको आयोजना गर्दा मतदान र मतदाताको विषयमा चर्चा गर्न नभुलौं । प्रधानले नेपालीहरू एक जुट भएर अमेरिकाको निर्वाचनमा सहभागी हुुनु पर्ने धारणा राख्नु भयो ।
नेपाली फर हिलारीका संयोजक एवं डेमोक्रयाट पार्टीको युवा सञ्जालका राष्ट्रिय पूर्व महा सचिव(मा.क) हयारी भण्डारीले नेपाली समुदायले आगामी निर्वाचनमा प्रतिबद्धताका साथ सामेल हुने, तल्लो ईकाई सम्ममा मतदान र मतदाताको सूचीकरणका लागि पहल गर्नु पर्ने ,नेपालीहरूको वृहद पहिचानका साथै स्थानीय समस्या समाधानका लागि मूलधारमा समाहित हुनुपर्ने बताउनु भयो । हिलारी फर अमेरिकाका संस्थापक र मेरील्याण्डमा जनरल एसेम्वली मेम्वरका उमेदवार समेत रहनु भएका भण्डारीको भनाई थियो – हामी नेपाली अमेरिकन हजारौको सङ्ख्यामा रहेका छौँ,यो मजबुत आधारशिलालाई निर्वाचनको माध्यमबाट नीतिगत तहमा उपस्थिति जनाउने क्षणको रूपमा लिन आग्रह गर्दछु ।
डेमोक्रयाट पार्टीका हरि शर्मा लगायत पाँच दर्जन नेपालीहरूको सहभागितामा भएको छलफललाई विनिता देवकोटाले सहजीकरण गर्नु भएको थियो भने विमल नेपाल,अनिल पाण्डे लगायतले नेपालीहरूले निर्वाचनमा हिलारीलाई विजयी गराउन विशेष पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
यसै बिच आइतबारबाटै नेपाली फर हिलारीको http://www.nepaliforhillary.com/ अभियानले औपचारिक रूपमा सुरुवात गरेको छ । उक्त अभियानले हिलारी क्लिन्टनलाई आगामी राष्ट्रपति वनाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । यसको लागि विभिन्न चौध राज्यमा कमिटि नै बनाइएको छ । यसैगरी नेपाली फर हिलारीका लागि आउटरिच डाईरेक्टरमा नारायाण श्रेष्ठ,कम्युनिकेशन डाईरेक्टरमा विनिता देवकोटा र प्रेस सेक्रेटेरीमा मधुकर अधिकारी रहनु भएको छ ।
यसको लागि संयोजन गरिरहनु भएका हयारी भण्डारीले दिनु भएको जानकारी अनुसार मेरील्याण्ड राज्यका लागि डा.श्याम कार्की, भीम कट्टेल,गौतम दाहाल,अमर छन्त्याल लगायत ५५ सदस्य, न्यूयोर्कमा विश्व शाह, खगेन्द्र जिसी, डा.विनोद शाह ,कृष्ण पोख्रेल लगायत ११ जना,भर्जिनियामा हरि शर्मा,जीवन तिवारी,भरत वराईली लगायत ७ जना, जर्जियामा मोहन तिमिल्सेना, डा।.सञ्जीव सापकोटा, डा. अनुप श्रीवास्तव लगायत ८ जना, पेन्सलभेनिया डा.केशव भण्डारी, डा. वर्षा मोक्तान, फ्लोरिडामा विमल नेपाल, विकास देवकोटा, एनिला न्यौपाने, कृष्ण कुमार श्रेष्ठ लगायत रहनु भएको छ । यसैगरी क्यालिफोर्नियामा ऋषि ढकाल, भक्त थापा, रोजर अधिकारी, उमा कार्की, राजेन्द्र शिवाकोटी, अनिल पाण्डे, डिल्ली भट्टराई, हरिहर दाहाल, सञ्जय घिमिरे लगायत रहनु भएको छ । कोलोराडोवाट वासु खनाल, नारायण श्रेष्ठ र शैलेश पोखरेल, ईलिनोईजवाट सुमन बस्ती, मधुसुधन वुढाथोकी लगायत १३ जना,टेक्सासवाट गौरी जोशी, हरिवोल भण्डारी, कृष्ण लामिछाने रहनु भएको छ । म्यासाचुटेसवाट महेश्वर पन्त, न्यूहयाम्सायरवाट भोला शिवाकोटी, कृष्ण गिरी लगायतको रहनु भएको छ ।