Similar Articles

अमेरिका समाचार (USA)

न्युयोर्कमा पहिलो पटकसामूहिक व्रतबन्ध सम्पन्न

बिराट नेपाल

हिन्दु संस्कारमा व्रतबन्धलाई जीवनको महत्वपूर्ण कार्यको रुपमा मान्ने गरिन्छ । विशेष गरी ७ देखि १२ वर्ष भित्रमा गरिने व्रतबन्ध समय सापेक्षित रुपमा विदेशमा भने विवाह अगावै अनिवार्य गर्नुपर्ने भएको छ । नेपालको परम्परागत आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्न रिजउड नेपाली सोसाइटीले विदेशमा उमेर पुगेपनि विवाह अगावै व्रतबन्ध गराउनका एकैचोटि ११ जनाले सामुहिक व्रतबन्ध गरे । न्युयोर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा सम्पन्न व्रतबन्धमा यसपटक १८ देखि २६ वर्ष उमेरसम्मका थिए ।

‘हिन्दु समाजमा छोराले विवाह गर्नु अघि अनिवार्य रुपमा व्रतबन्ध गर्नुपर्छ,’ सोसाइटीका अध्यक्ष रवि कोइरालाले एभरेस्ट टाइम्सलाई भने, ‘यदि कसैले व्रतबन्ध गरेन भने उसले आप्mनो बुबाआमाको काजक्रिया समेत गर्न पाउदैन ।’ उनकाअनुसार यसपटकको सामुहिक व्रतबन्धमा चाहिने पूजा सामाग्रीहरु नेपालबाट ल्याएका थिए । व्रतबन्धलाई विवाह भन्दा पनि महत्वका साथ हेरिन्छ । ‘अर्काका मुलुकमा आएर नेपालमा फर्केर व्रतबन्ध गर्न सजिलो छैन,’ कोइराला भन्छन्, ‘व्रतबन्ध गरेपछि आप्mना आफन्तहरुलाई बोलाएर भोज ख्वाउनु पर्छ ।’

व्रतबन्धका लागि पूजा थानमा १३ वटा कलस राखिएको थियो । व्रतबन्ध अगावै सम्पूर्ण देवीदेवताको पूजा गर्ने चलन रहेको छ । धार्मिक परम्परा अनुसार भगवानको पूजा अघि पितृहरुलाई ढाकेर पूजा गरेपछि मात्र देवताको पूजा गर्ने गरिन्छ । यसपटक सामुहिक व्रतबन्ध गर्नेहरुमा मिलन शाही तथा गीता शाहीका छोरा प्रशान्त शाही, सुकल खत्री र इन्दु खत्रीका छोराहरु अभय केसी, अनिश केसी, आनन्द विष्ट तथा संगीता विष्टका छोरा आयश विष्ट, ताराप्रसाद पोखरेल तथा विष्णु पोखरेलका छोरा शेखर पोखरेल, राज बुढाथोकी र ललिता बुढाथोकीका छोरा आदर्श बुढाथोकी, कृष्ण विष्ट तथा इन्दिरा विष्टका छोरा विजय विष्ट, त्रेलोक्यप्रताप सेन र गोमा सेनका छोराहरु रवि आयुर, सुरज आयुर थिए ।

कार्यक्रममा पण्डित उद्वव शास्त्रीसहित रिज्युउड नेपाली सोसाइटीका पुजारी हरिनारायण सापकोटा र सुर्य पौडेल थिए । उनीहरुले बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म व्रतबन्ध पाठ गरेका थिए । नेपालमा हो भने अघिल्लो दिनदेखिनै व्रतबन्धको विभिन्न कार्यक्रमहरु गर्ने गरिन्थ्यो ।

‘हिन्दु संस्कारमा ब्रतबन्ध भनेको उपनयन भनिन्छ । नयन भनेको आँखा हो । मान्छेको दुई चर्मचक्षु हुन्छन त्यो बाहेक अर्को ज्ञानचक्षु हुन्छ जसले अन्तरमनलाई खोल्ने गर्दछ,’ आचार्य उद्वव शास्त्रीले भने । ‘हिन्दु बैधिक परम्पराअनुसार आफु म हो र मेरो आत्माको सम्बन्ध कोसँग छ र उसलाई कसरी प्राप्त गर्ने भनेर जान्नका लागि व्रतबन्ध गर्ने गरिन्छ,’ आचार्य शास्त्रीले थपे, ‘हिन्दु संस्कारमा ७ वर्षको उमेरमा वा १२ वर्ष अगाडी गर्नुपर्छ भनेको छ तर देशकाल परिस्थितिअनुसार सहज नभएकोले अहिले विवाह अगाडी गर्ने पर्ने भन्ने मान्यता रही आएको छ ।’

विदेशमा भएपनि व्रतबन्ध नेपालमा जस्तै तरिकाले गरेका थिए । व्रतबन्धको सुरुवातमा दियोकलश गणेशलाई पूजा गरेर पञ्चबरुण हवन गरेका थिए । त्यसपछि व्रतबन्धमा उपस्थित कुमारहरु जसलाई बटुक पनि भनिन्छ । उनीहरुको पहिलो पटक कपाल काटने छेवार गरेका थिए । त्यतिन्जेल आमाले काखमा लिएर बुबा साथमा बसेर कपाल काटदा बटुकको दिदीबहिनीहरुले चरेसको थालमा कपाल थाप्ने चलन हुन्थ्यो । बटुकको कपाल मुण्डन गरिसकेपछि नुहाउन लगाएर पहेलो बस्त्रमा तीनवटा डोरा भएको जनै लगाएर गायत्री मन्त्र सुनाएका थिए । गायत्री मन्त्रलाई हिन्दु संस्कारमा वेदको मुल भनिएको छ । जो मन्त्र सुन्नले आत्मा र इश्वर के हो भन्ने अनुभुती दिलाउने गरिन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक