Similar Articles

अमेरिका समाचार (USA)

टेक्सासको डालासमा डा. केसीको समर्थनमा प्रदर्शनी

बिराट नेपाल

बिआरटी नेपाल डट कम सम्बादाता, टेक्सास । 

टेक्सासको डालास क्षेत्रमा रहेका नेपाली समुदायले नेपाली समाजको कार्यलयमा आयोजित कार्यक्रममा डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् । चिकित्सक केसीको शान्तिपूर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै टेक्सस क्षेत्रका नेपाली समुदाय एकत्रित भई डा केसीले उठान गरेका विषयमा ऐक्यबद्दता जनाएका छन् । 

 

उक्त कार्यक्रममा जम्मा भएका सहभागीहरुले विभिन्न प्रकारका ब्यानर बोकेका थिए । ब्यानरमा हामी पागल, हामी डा. केसीको साथमा छौ,  I don't care about politics I Care About Dr. K. C. आदी लेखिएको थियो । 

 

कार्यक्रममा वक्ताहरुले डा केसीका बारेमा ज्यादा चर्चा गर्दै यी सबैको जड नै भ्रष्टाचार हो भन्दै जब सम्म यसको उन्मुलन हुँदै तब सम्म देश यस्तै भुमरीमा फस्ने हुन्छ भन्ने विचार पोखेका थिए l जसको सिकार पटक पटक डा. केसी जस्ता ईमान्दार हुन्छन् भन्दै डा केसी जस्तालाई देशले गुमाउनु पर्ने हुन्छ र गुमाएका पनि छौ भन्ने अभिव्यक्ति दिएका थिए l केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति पनि दिएका थिए l 

 

वक्ताहरुले डा. केसीको पक्षमा विश्व व्यापी गराउनु पर्ने अपरिहार्यता रहेकोले सबै एक जुट हुन् आग्रह समेत गरेका छन् । कार्यक्रमको आयोजना नेपाली समाज टेक्सासले गरेको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामीछाने, महासचिव कमल सत्याल, सह सचिव सुमन कार्की, नेपाली चलचित्र निर्देशक शैलेश आचार्य, वरिष्ठ पत्रकार तारा बराल, नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष वैकुण्ठ थापा तथा रमेश पोखरेलले डा. केसीको बारेमा बोलेका थिए । 

 

फोटो: सुनिल पन्डित


टेक्सासमा डा केसीको समर्थनमा प्रदर्शनी Photo: Sunil Pandit


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक