Similar Articles

अमेरिका समाचार (USA)

एएनए सम्मेलन सुरु, शुक्रवार एनआरएन फोरम लगायत विभिन्न कार्यक्रम सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, एटलान्टा (अमेरिका)  
एशोशिएसन अफ नेपलीज इन अमेरिका (एएनए) को ३३ औं सम्मेलन आज देखी एटलान्टा सहरमा सुरु भएको छ । गैरअवासीय नेपाली सङ्घको सहभागितामा सन्चालित एनआररएन फोरमबाट आजको कार्यक्रमको सुरुवात भएको छ । उक्त फोरम एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यसैबिच शुक्रबारनै उक्त सम्मेलनमा एनअरएनका अध्यक्ष डा. केशव पैडेल, एएनएका अध्यक्ष रोजर अधिकारी, वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगाना, उपाध्यक्ष खगेन्द्र अधिकारी, एएनएको संस्थापना देखी सक्रिय डा.हरि शर्मा लगायतले सक्रिय सहभागिता जनाएका थिए । उक्त फोरमका 
सहभागीहरुले  'पार्टनरशीप कोलाबरेसन' मा विशेष जोड दिनु भएको थियो । कार्यक्रम गोविन्द श्रेष्ठले सन्चालन गर्नु भएको थियो । 

सम्मेलनका लागि नेपाल तथा अमेरिकाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू आउने क्रम जारी छ । हालसम्म नेपालबाट युवा नेता रबिन्द्र अधिकारी, पत्रकार भुषण दाहाल, पत्रकार रवि माझी, राजदूत डा. अर्जुनकुमार कार्की त्यहाँ नेपाली काँग्रेसका प्रखर युवा नेता गगन थापा कार्यक्रम स्थलमा उपस्थित भइसक्नु भएको छ । सम्मेलनको औपचारिक उद्घाटन भने शनिवार बिहान ९ बजे हुनेछ । 
  
शुक्रवार भएको अर्को एक कार्यक्रममा कानुनबिद यग्नमुर्ती बन्जाडेले नेपालको संविधानमा रहेको द्वैध नागरिकता सम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्नु भएको थियो । यस्तै एटलान्टाको स्थानीय फोर यम बैन्डका प्रणय शम्शेर जबरा, अमित शर्मा, सज्जन पौडेल, सेजल भण्डारी, लक्ष्मी सुबेदि, इश्वरी कुँवरद्वारा आकर्षक लाइभ कन्सर्ट प्रस्तुत गरिएको थियो । त्यसइ गरी मुक्ति मोक्षको पनि लाइभ कन्सर्ट भएको थियो । कार्यक्रम जुलाई ४ सम्म हुनेछ । 

एएनए सम्मेलन सुरु, शुक्रवार एनआरएन फोरम सम्पन्न
एएनए सम्मेलन सुरु, शुक्रवार एनआरएन फोरम सम्पन्न
एएनए सम्मेलन सुरु, शुक्रवार एनआरएन फोरम सम्पन्न
एएनए सम्मेलन सुरु, शुक्रवार एनआरएन फोरम सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक