विजय थापा ,वाशिंगटन डिसी
पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा व्यवसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।
उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झन्डै दुई दशक देखि जर्जियामा बसोबास गर्छन् l नव नियुक्त घले नेपाली समुदाय सँग मात्र नभई अन्य सङ्घ तथा संस्थामा त्यतिकै सक्रिय छन् l
पर्यटन बोर्डले नियुक्त गरे पछि सामाजिक सञ्जाल मार्फत पर्यटन बोर्डलाई धन्यवाद दिँदै आफू उत्प्रेरित हुनु को साथै निकै उत्साहित भएको बताएका छन् l बोर्डले दिएको जिम्मेवारलाई कर्तब्यनिष्ठको साथ निभाउने प्रतिबद्धता जाहेर गरेका छन् l
घले एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को पूर्व महासचिव जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरूको प्रतिनिधित्व गरेका थिए l नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका- नासाको पूर्व अध्यक्ष, एनआरएन. आईसीसीका अमेरिकाका पूर्व आईसीसी सदस्य ,एनआरएन.एनसीसी अफ यूयसएको सह-अध्यक्ष तथा भिजिट नेपाल २०११ को लागि अध्यक्ष भई योगदान पुरयाई सकेका छन् l
यसै गरी केही वर्ष अगाडी नेपाली व्यवसायी एवं समाज सेवामा सक्रिय रहेका राजा घलेलाई यहाँ रहेका नेपालीहरूको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग) ले हिरो अफ द इयरको रूपमा सम्मान गरेको थियो l
विमान चालक बन्ने सपना बुनेर नेपाल बाट अमेरिका आएका घले विमान चालक पनि हुन् l समाज सेवा गर्न रहर लाग्ने बताउने घले आफ्नो व्यवसायमा पनि संलग्न रहेका छन् l