सान फ्रान्सिस्को, ६ अगस्ट
अमेरिका आएका महानायक राजेश हमाललाई राजकिय सम्मान मिलेको छ । सान फ्रान्सिस्को शहरका नेपालीको निमन्त्रणा अमेरिकामा आएका हमाललाई त्यहाँ रहेका नेपालीले आ आफ््नो तर्फबाट सके जतिको राजकिय ढंगले सम्मान गरेका हुन् ।
प्रिन्स युबराज कार्की र प्रकाश थापाको निमन्त्रनामा जुलाई २७, का दिन अमेरिका आईपुगेका हमाललाई सम्मान र आत्मीयताको ओईरो नै लागेजस्तो भयो । हमाल अमेरिका आएपछि दिनहुँ जसो फरक फरक ठाउँमा रात्रीभोज र सम्मान कार्यक्रम राखिएको थियो ।
लामो समयदेखी निरन्तर चलचित्र क्षेत्रमा योगदान पुर्याएका हमाललाई नेपाली सिने क्षेत्रका बिद्धान नायकको रुपमा पनि हेर्ने गरिन्छ । यसैको मुल्याङ्गकन यो पटक अमेरिकाबासी नेपालीले पनि गरे ।
जुलाइ ३०, का दिन हमाल सान फ्रान्सिस्को शहर स्थित अर्बन करी रेस्टुरेन्टमा रात्री भोजको निम्ता मान्न पुग्दा त्यहाँ उनको सम्मानमा देखिएको दृश्य गजवकै थियो । महानायक हमालको स्वागतमा बिशेष प्र्रकासको सजावट मात्र होईन उनको प्रवेशमा त्यहाँका बौद्धिक ब्यक्तीहरुले एकसाथ फुल बर्साएर रौनकता थपे ।
पुर्व पर्यटन दुत अनिल पाण्डेले आफ्नो ३० बर्षे अमेरिका बसाइमा यस्तो सम्मान कही कतै अहिले सम्म नदेखेको र नसुनेको कुरा बताए ।
उनको उपस्थितीमा उत्साहित बनेका नेपालीले उनको सम्मानको लागि गरेको यो तामझामलाई हेर्दा यस्तो लाग्थ्यो- त्यहाँ कुनै राजपरिवार वा बहलवाला प्रधानमन्त्री कै उपस्थिती भएको छ ।
हमाललाई अमेरिका बोलाएका प्रिन्स युबराज कार्की आफ््नो पहललाई बे एरिया बासीले दिएको यो साथले खुशिले गदगद देखिएका थिए । उनले यो सहयोग र साथको निम्ती सम्पुर्ण बे एरिया बासी नेपालीलाई हृदयबाट धन्यवाद टक्र्याए ।
हमाल यो पटक अमेरिका आउँदाका सबै दृश्य र खवर चाखलाग्दा देखिए । हमाल सनफ्रानसिस्को बे–एरिया पुगेपछि खुशि भएका नेपालीले हमाललाई राजदुतकै प्रस्ताव पनि राखेका थिए ।
हमालले पनि अमेरिका आएर आफ्ना दर्शक र प्र्रशंसकलाई आफ्नोपन देखाउन कुनै कसुर बाँकी राखेनन् । सबै संग आत्मीय शैलीमा प्रस्तुत भएका हमालसंग भेट्न आउने र तस्विर खिचाउनेको ठुलै भिड दिनहुँ देखीयो ।
आयोजित कार्यक्रममा महानायक हमालको कला जीवनी र उनले नेपाली सिने क्षेत्रमा पुर्याएको २५ बर्ष लामो योगदानको बारेमा पनि प्रोग्रामहरुमा चर्चा तथा अन्तर्कृया भएको थियो ।