विजय थापा ,वाशिंगटन डिसी
डिसी महानगर क्षेत्रको बाल्टिमोरमा गत जुलाई २७ तारिख नेपाली समुदायको विशेष पहलमा लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ l विश्वकै सबै भन्दा ठुलो तथा सर्वाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लबमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भव्य कार्यक्रमका बिच विधिवत स्थापना भएको छ l
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अवैतनिक महा वाणिज्यदुत प्रेमराजा महत रहेका थिए l यसको यसको साथै लायन्स क्लब २२ ए का गभर्नर चक एगेंदर ,सचिव मालें मरूची ,निवर्तमान गभर्नर लारी बटंन ,लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष क्लेम पुष्पक ,अन्तर्राष्ट्रिय निर्देशक सन्जय खेतान , रिचर्ड लेबोटो ,लायन्स क्लब अफ ऐबर्डीनका अध्यक्ष विजोय मोहंतको उपस्थितिमा नयाँ कार्यकारी समितिको गठन भएको छ l
उक्त क्लबको सबै भन्दा पहिलो सदस्य महा वाणिज्यदुत प्रेमराजा महतले लिएका छन् l डिसी महानगर क्षेत्रका विशेष महत्त्वपूर्ण व्यक्तिहरूमा बानाका वर्तमान अध्यक्ष कुलमणि आचार्य ,सुवोध विलास पन्त, बानाका पूर्व अध्यक्षहरू विजय श्रेष्ठ ,क्रिस घिमिरे ,प्रवासी नेपाली मन्चका महासचिव प्रभु थापा ,गैर आवासीय नेपाली सङ्घ मेरिल्यान्डका अध्यक्ष जेदु पोख्रेल ,नाशोका अध्यक्ष गोपाल विक तथा पूर्व अध्यक्ष धर्म विश्वकर्मा समेत यसका सदस्य रहेका छन् l
कार्यक्रममा न्युयोर्कका लायन लिडर मङ्गल दास श्रेष्ठ लगायतको उपस्थिति भएको भेलाले लायन्स कल्व अफ बाल्टिमोर नेप्लिज गठन गरेको छ। नयाँ कार्यकारी समितिको अध्यक्षमा बैकुन्ठ मान श्रेष्ठ ,प्रथम उपाध्यक्षमा बासव राजोपाध्याय, द्वितीय उपाध्यक्षमा पर्ल रेग्मी तथा सचिवमा विजय श्रेष्ठ रहेका छन् l
यसै गरी कोषाध्यक्षमा सुनिता आचार्य ,सदस्य प्रमुखमा प्रभु थापा , टेमरमा कृष्णाजिवि पन्त ,टेलटुईसरमा सुबोध विलास पन्त तथा निर्देशकहरुमा भाग्यवति जी सी ,पुनम श्रेष्ठ ,डा डिल्ली पौड्यल ,रतन सुवेदी ,सुशान्त मान्नधर सहित १३ सदस्यीय सञ्चालक समिति गठन भएको छ l