Similar Articles

अमेरिका समाचार (USA)

अमेरिकामा नेपाली विज्ञहरुको सम्मेलन सिकागोमा

बिराट नेपाल

सिकागो जुलाई २०


हाल संयुक्त राज्य अमेरिकामा रही विभिन्न पेशागत, विद्द्त , वैज्ञानिक , अनुसन्धान र शिक्षण लगायतका व्यावसायिक क्षेत्रमा कार्यरत नेपालीहरूको पहिलो सम्मेलन सिकागोमा आयोजना हुँदैछ ।
युएस नेपाल पोलिसी रिचर्स सेन्टरको आयोजनामा यही जुलाई ३० तारिक शनिवार सिकागोमा आयोजना हुने त्यस सम्मेलनमा दसवटा विषयका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने स्थानीय संयोजक डा यादव पन्डितले जानकारी दिनु भएको छ । नेपालको लागि र अमेरिकामा रहेका नेपालीको लागि के कस्ता नीति र योजना नेपाल र अमेरिकामा उपयुक्त हुने छन् र त्यसका लागि नेपाली विज्ञ जनशक्तिले के कसरी योगदान र सहयोग गर्न सक्छन् भन्नेमा सम्मेलन केन्द्री त हुने बताइएको छ । आगामी वर्षहरूमा हरेक साल छानीएका विषयहरूमा केन्द्रित भएर विभिन्न सहरहरूमा नेपाली र अमेरिकी विज्ञहरुको सहभागितामा यस किसिमको सम्मेलन आयोजना गर्ने योजना रहेको टेक्ससका डा अर्जुन बन्जाडेले बताउनु भएको छ ।
मुनाफारहित संस्थाका रूपमा युएस नेपाल पोलिसी रिचर्स सेन्टरले दलीय राजनीतिक आवद्दता अस्वीकार गर्दै नितिगत विषयमा नेपाल र अमेरिकी सरकार एवं नितीनिर्माण तहमा सम्बन्धित क्षेत्रका विशेषज्ञको संलग्नतामा लबिङ गर्ने मुख्य उद्देश्य रहेको अर्का अभीयन्ता नेभाडाका डा. सुमन पराजुलीको भनाइ छ ।
युएस नेपाल पोलिसी रिसर्च सेन्टर मुनाफारहित ५०१ सी संस्थाका रूपमा टेक्सस राज्यमा दर्ता भएको र यस्को संस्थागत ,आर्थिक तथा नीति कार्यक्रमको स्वरूपका सम्बन्धमा पनि जुलाई ३० मा हुने सम्मेलनमा छलफल हुने योजना रहेको कन्सासका डा. राजन पन्तले जानकारी दिनु भएको छ ।
नेपाली विज्ञ, विद्द्त वर्ग्, अनुसन्धान कर्ता र व्यावसायिक पेशागत व्यक्तिहरू र अमेरिकाको सरकारी ,कर्पोरेट ,बिश्वविद्ध्यालयमा कार्यरत र अध्ययनरत नेपालीहरूको तथ्याङ्क सङ्कलन, सहकार्य र नेटवर्किङ को कार्यमा यस संस्थाले कार्य गर्ने फ्लोरीडाका डा. शिरिष भाटले जनाउनु भएको छ ।
यस किसिमको नेपालीहरूको संस्थाको नेपालबाट र अमेरिकी नेपाली समुदायबाट अपेक्षा भैरहेको धारणा भर्जिनिया का डा रमेश पन्त को छ ।
धेरै नेपाली हरुले अमेरिकामा विभिन्न क्षेत्रमा तरक्की गरी रहेको र त्यो ज्ञान्,क्षमता र शिपले नेपाल र नेपाली समु दाय लाई के कसरी मद्दत पुर्‍याउन सकिन्छ भन्ने सवालमा यो युएस नेपाल पोलिसी रिसर्च सेन्टरले योग्दान गर्न सक्ने विश्वास क्यालिफोर्निया वर्क्ले का डा आमोद पोख्रेलले लिएका छन्


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक