Similar Articles

अमेरिका समाचार (USA)

राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

बिराट नेपाल

सनफ्रानसिस्को, १५ साउन ।

बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौँ नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् । 

 

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरूले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईँजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥à¤¯à¥‹’ डिसी नेपालको प्रत्यक्ष प्रसारणमा सहभागी सयौँ नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

 

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो । 

 

राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरू प्रकाश थापा, प्रिन्स युवराज कार्कीको योगदान रहेको छ भने अर्का युवा राजेन्द्रबाबु जोशी ले पनि बे एरियामा राम्रो समाज सेवा गरेको कुरा पाण्डेले जानकारी गराउनु भएको छ । 

 

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो । र अन्तमा पाण्डेले मौका आएमा राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव राख्नु को साथै हाम्रो समर्थन छ भनेर भन्नू भएको थियो।

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक