बिआरटी नेपाल सम्बादाता, वाशिंगटन डिसी ।
भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति समर म्युजिकल साँझ (ग्रीष्मकालीन संगीतात्मक साँझ) भोलि शनिवार, वासिङ्टन डिसीमा हुँदैछ । यो कार्यक्रममा लाइभ ब्याण्डबाट सबै कलाकारले प्रस्तुति गर्ने भएका छन् ।
भोलि शनिवार आयोजना हुने उक्त कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरू डिसी आई सकेका छन् । कोलोराडोबाट गायक दिपेश किशोर भट्टराई, विजय अधिकारी तथा डोनाल्ड जोन (गीतारिस्ट), न्युयोर्कबाट गायक हरिस माथेमा, राजेश खड्की (ड्रम), बिमल बुढाथोकी (गिटारिस्ट) ओहायोबाट गायक बाबु बोगटी, क्यालिफोर्नियाबाट युट्युब सेन्सेसन निक्की कार्की, म्यारिल्यान्डबाट सुबित नेपाल (रिदम गीतार), नेपालबाट नेपाली चलचित्रकि नायिका नन्दिता केसी डिसी पुगिसकेका छन् ।
त्यसै गरी उक्त कार्यक्रममा भर्जिनियाका रोशन प्रताप राणा (बासुरि), गायक सुनिल उप्रेती, डान्स कोरियोग्राफर नवीन केसी रहनु हुनेछ भने नेप रोकर्स डान्सर ग्रुप भर्जिनियाको पनि नृत्य प्रस्तुत हुने भएको छ । कार्यक्रमको सन्चालन कार्यक्रम प्रस्तोता सुरेश पोखरेलले गर्नु हुने भएको छ ।
उक्त कार्यक्रम भविष्यमा अन्य सहरहरूमा पनि लगिने जानकारी आयोजक समूहले बिआरटी नेपाललाई दिएको छ । आयोजक समूहले डिसी महागर क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा आउन अनुरोध तथा आग्रह समेत गरेका छन् । बिआरटी नेपाल डट कमको तर्फबाट कार्यक्रमको सफलताको हार्दिक शुभकामना । फोटो: बिजय थापा