Similar Articles

अमेरिका समाचार (USA)

लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

बिराट नेपाल

क्यालिफोर्निया प्रतिनिधि, क्यालिफोर्निया 

लायन्स कल्बस एसोसियसनका अन्तरराष्ट्रिय अध्यक्ष चान्सलर बब कोर्ल्ल्युले नवगठित लायन्स क्लब अफ सान लियान्द्रो मनकामनाको यही जुलाई ३१, २०१६ का साँझ एक भव्य समारोहको बिच उद्घाटन गर्नुहुने भएको छ । सो शुभ अवसरमा इन्टर्नेशनल डाइरेक्टर हावर्ड हड्सन तथा नेपालका प्रथम अन्तरराष्ट्रिय डाइरेक्टर सञ्जय खेतान पनि आआफना पत्नी लियन तथा संगिता साथमा सरीक हुनुहुने भएको छ । यसरी बहालवाला अन्तरराष्ट्रिय अध्यक्षद्वारा उद्घाटन गराउन पाउने सौभाग्य अत्यन्त कम् क्लब  à¤²à¤¾à¤ˆ प्राप्त हुने भएकोले यो समारोह समग्र डिस्ट्रिक्ट 4C3 को लागि गौरव र खुसीको कुरा बताइन्छ । विश्वको सर्वाधिक ठुलो सेवा संस्था लायन्स क्लबस एसोसियसन २०० भन्दा धेरै देशहरूमा फैलिएको छ भने संसारभर ४६,००० भन्दा ज्यादा क्लबहरुमा १४ लाख भन्दा बढी सदस्यहरू रहेका छन् । 

चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालको नेतृत्वमा हालै गठित सो क्लबमा गोपाल बस्नेत, वैकुण्ठ खनाल तथा यज्ञ नेपाल क्रमश प्रथम द्वितिय र त्रितिय उपाधक्ष चयन् हुनु भएको छ भने सो नयाँ कलबमा कमल भट्टराई सचिव, कृष्ण रन्जित कोषाधक्ष तथा खड्ग बस्नेत मेम्बरशिप चिअर रहनु  à¤­à¤à¤•à¥‹ छ । त्यसै गरी सो क्लबको डाइरेक्टरहरुमा सुमन गैरे, धिरेन गिरी, अशिश खड्का, राजिब खड्का, दिनेश पन्त, कृष्ण अम्गाइँ चयन् हुनु भएको छ । लोक बहादुर बानियाँ, लेखराज भण्डारी र अर्जुन विष्ट सल्लाहकार रहेको सो नयाँ क्ल्बको लायन टेमरमा प्रदिप राज गोतामे रहनु भएको छ भने टेल ट्विस्टर्मा लक्षमण खतिवडा रहनु भएको छ। सो क्लबको नियमित बैठक सान लियान्ड्रो स्थित क्रीयसियन टेस्ट अफ हिमालयन रेस्टुराँमा हरेक महिनाको दोस्रो शनिवार साँझ ५ बजे बस्ने कुरा चार्टर सेक्रेटेरी कमल भट्टराईले बताउनु भएको छ ।   

 

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले स्पोन्सर गरेको सो क्लबको गाइडिङ लायनमा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका आउट्गोइङ प्रेसिडेन्ट लायन ध्रुव थापा तथा सोही क्लबका चार्टर सेक्रेटेरी, पूर्व अध्यक्ष तथा पूर्व जोनचिअर लायन मणी नेपाली पनेरु नियुक्त हुनु भएको छ । नयाँ सदस्यहरूलाई लायनस इन्टरनेशनल, उद्देश्य र कार्यक्रमहरू प्रकाश पार्न तथा नयाँ सद्स्य र पदाधिकारीहरुको परिचय गर्न मिति र जुलाई २०, २०१६ मा एक विशेष भेलाको आयोजना गरिएको थियो । सो अवसरमा डिस्ट्रिक्टका गभर्नर यान भल्टर प्रथम महिला सन केरिगन, प्रथम डिस्ट्रिक्ट गभर्नर एवम लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर प्रेसिडेन्ट राजेन थापा पूर्व गभर्नर लिन्डा ग्रिफिन तथा पूर्व क्याबिनेट सेक्रेटेरी अल सटाकेको पनि उपस्थिति रहेको थियो । उहाँहरूले सो अवसरमा बोल्दै लायन्स क्लब बारे विविध विषयमा जानकारी दिनु भएको थियो । यसरी बर्क्ली अन्नपूर्णले डिस्ट्रिक्ट्लाई ३ वटा नयाँ क्लब दिन सफल भएकोमा डिस्ट्रिक्ट पदाधिकारीहरू यस क्लब सङ्ग प्रसन्न भएका छन्

सोही अवसरमा सिलिकन भ्याली इन्डियन लायन्स कल्बको उद्घाटनका साथै लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण, लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथा, लायन्स क्लब अफ बर्क्ली मकालुको समेत पदस्थापना हुनेछ। सो अवसर मा मनोरन्जक सांस्कृतिक कार्यक्रम हुने सांस्कृतिक संयोजक बिन्दु सापकोटाले बताउनु भयो भने सो भव्य समारोहको तयारी पूरा भई सकेको आउट गोइङ प्रेसिडेन्ट, जोन चिअर तथा कार्यक्रम संयोजकले जानकारी दिनु भएको छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक