Similar Articles

अमेरिका समाचार (USA)

नेपाली चेली कन्चन अमात्य व्हाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनीत

बिराट नेपाल

बिजय थापा ,वाशिंगटन डिसि ।

नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्य अमेरिकन काँग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् l उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो l अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन काँग्रेसमा उनले यस्तो जिम्मेवार पाएकी हुन् l सानो उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रूपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वर्ल्ड कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् l जसको माध्यम बाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन l मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा विश्व विद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययनरत छिन् l

 

हामीसंग कुरा गर्दै कन्चनले भनिन आफूले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थामा काम गर्ने मौका पाउँदा अवसर नगुमाउने बताइन l कन्चन भन्छिन आफ़ुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन l उनले अगाडी भनिन यस्ता मानव परोपकार तथा मानव समुदायको लागि सेवा गर्ने अवसर पाएकोमा आफू गदगद भएको बताईन l अमेरिका जस्तो देशमा अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन काँग्रेसमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफू निकै उत्साहित भएको बताइन l उनले थप गर्दै भनिन यस्ले सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफूलाई लागेको बताइन l

 

विश्व व्यापी रूपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकन प्रतिनिधि सभा तथा अमेरिकन काँग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास गराउनु हो l विश्वमा करौडौ युवा तथा बालबालिका पाठशाला जान नसकेको अवस्था छ कन्चन अमात्यले भनिन l यस विश्वका कुनै पनि कुनामा रहेका सबैले समान तथा गुणात्मक शिक्षा पाउन भन्ने आफ्नो चाहना रहेको बताइन l अमेरिकन काँग्रेस द्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु हाम्रो मूल कर्तव्य रहेको अमात्यले भनिन l यसै गरी उनले गत वर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस काँग्रेस बाट पारित गराउन ठुलो मदत गरिन जुन अहिले अमेरिकाको कानुन भएको छ l यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिश्चित गराउने कन्चनले बताइन l

 

अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारम कि सह संस्थापक हुन् भने सयुक्त राष्ट्र सङ्घमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् l उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ l यसै गरी राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रूपमा प्रस्तुति समेत गरी सकेकी छिन् l राष्ट्र सङ्घमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भई प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने यस अगाडी उनले सयुक्त राष्ट्र सङ्घको साधारण सभामा वक्ता बनेर झन्डै पैतिस लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकि छिन् l

 

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट ,सयुक्त राष्ट्र सङ्घ महिला सशक्तिकरण ,युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक ,रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो ,ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार ,नेपाल ,शान्ति एज्नेट ,विशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् l विश्व समुदायको सेवाको लागि उनी संसार भरका विभिन्न देशका भ्रमणमा व्यस्त भई रहने उनले बताएकी छिन् l पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कन्चन भर्खर किशोरावस्था पार गरेकी छिन् l

 


 चेली कन्चन अमात्य व्हाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनीत
 चेली कन्चन अमात्य व्हाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनीत


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक