Similar Articles

अमेरिका समाचार (USA)

डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो

बिराट नेपाल

विजय थापा,वाशिंगटन डिसी
जुलाई १९ ,डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस सहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l चिकित्सक केसीको शान्तिपूर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय एकत्रित भई डा केसी ले उठान गरेका विषयमा ऐक्यबद्दता जनाएका छन् l

 à¤‰à¤•à¥à¤¤ कार्यक्रममा जम्मा भएका सहभागीहरुले विभिन्न प्रकारका नारा लगाउनुको साथै वक्ताहरुले सरकारको रवैया ,माफिया तन्त्र तथा लोकमान सिंह कार्कीले अभिव्यक्त गरेका विषयमा चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l कार्यक्रममा वक्ताहरुले डा केसी का बारेमा ज्यादा चर्चा गर्दै यी सबैको जड नै भ्रष्टाचार हो भन्दै जब सम्म यसको उन्मुलन हुँदै तब सम्म देश यस्तै भुमरीमा फस्ने हुन्छ भन्ने विचार पोखेका थिए l जस्को सिकार पटक पटक डा केसी जस्ता ईमान्दार हुन्छन् भन्दै डा केसी जस्तालाई देशले गुमाउनु पर्ने हुन्छ र गुमाएका पनि छौ भन्ने अभिव्यक्ति दिएका थिए l केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l केही वक्ताहरुले अब अमेरिका आउने नेताहरूको बहिस्कार गर्नु पर्छ भन्ने सुझाव दिँदै कुनै पनि नेता अमेरिका आउँदा उनीहरूको झोला बोक्न जानु नहुने भनाई राखेका थिए l

वक्ताहरुले डा केसी को पक्षमा विश्व व्यापी गराउनु पर्ने अपरिहार्यता रहेकोले सबै एक जुट हुन् आग्रह समेत गरेका छन् l र हस्ताक्षर सङ्कलन गरी नेपाल सरकारलाई दूतावास मार्फत बुझाईने बताएका छन् l कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ , म डा केसीको साथमा छु ,म पागल ,म डा केसी सँग छु ,आज चुप रहे भोलिआफैलाई पनि पर्छ , म ईमान्दारी तथा पवित्रता चाहन्छु जस्ता लेखिएका सामग्रीहरू लिएर सहभागीहरुले नारा लगाएका थिए l

आकाश पाताल हल्लाऔ, डा केसीलाई बचाऔ ,भ्रष्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , गरिब जनता रोगि छ्न नेता जति भोगी छन् , शैक्षिक माफियालाई बहिस्कार गरौँ भन्दै बुलन्द आवाज सहित चर्को नारा लगाएका थिए l कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न सङ्घ तथा संस्थाको पहलमा भएको थियो भने कार्यक्रममा साहित्यकार कृष्ण धरावासी ,मोहन निरौला ,प्रेम पौडेल ,दधिराम ढुंगाना ,कृष्ण भण्डारी ,सागर कंडेल ,पदम राज रेग्मी तथा अमेरिकामा जन्मेका दोस्रो पुस्ताले पनि डा केसीको बारेमा बोलेका थिए l
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो
डिसिमा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गरियो


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक