Similar Articles

अमेरिका समाचार (USA)

न्यु योर्कमा अनेसास २०३ औ भानुजयन्ती कार्यक्रम सम्पन्न

बिराट नेपाल

गीता खत्री, न्यु योर्क ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले अनेसास, न्यु योर्क च्याप्टरको सहयोगमा मिति जुलाई २४, २०१६ का दिन न्यूयोर्कस्थित ज्याक्शन हाइटसमा २०३ औ भानु जयन्ती कार्यक्रम भव्य रूपमा आयोजना ग¥à¤¯à¥‹ । 

 

अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा कार्यक्रम सुसम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा संयुक्त राष्ट्र सघंका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि महामहिम श्री दुर्गाप्रसाद भट्टटाईको उपस्थित थियो भने विशिष्ट अतिथिहरूमा अनेसास विओटी सहअध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष गीता खत्री, महावाणिज्यदूत पुष्पराज भट्टराई, बाणिज्यदूत साहित्यकार कृसु क्षेत्री, उपबाणिज्यदूत प्रविन भट्टराईको उपस्थिति थियो । अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्री तथा अनेसास केन्द्रीय सल्लाहकार कमला प्रसाईको पनि उपस्थिति थियो । साथै कार्यक्रममा भाग लिन न्यु योर्क, कनेक्टीकट तथा न्यूजर्सीबाट नेपाली साहित्यकारहरु तथा नेपाली भाषासाहित्यलाई माया गर्नेहरुको घुँइचो थियो । प्रमुख अतिथि लगायत अन्य उपस्थित विशिष्ट अतिथिहरुलाई अनेसास न्यु योर्क च्याप्टरकी सदस्य विजय सिम्खडाले पूmलका गुच्छा प्रदान गर्दै स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन स्थायी प्रतिनिधि तथा केन्द्रीय अध्यक्षबाट पानसमा बत्ती बाल्दै आदिकवि भानुभक्तको तस्बिरमा माल्र्यापणबाट गरिएको थियो । नेपाली तथा अमेरिकी राष्ट्रिय गीत गाएर कार्यक्रमलाई अगाडि बढाइएको थियो भने आगन्तुक पाहुनहरुलाई न्यु योर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्यको सङ्क्षिप्त परिचय राजन थपलियाले दिनु भयो । विशिष्ट पाहुनाहरु लगायत प्रमुख अतिथिले प्रवासमा रहेर नेपाली भाषासाहित्यलाई उर्वरा गराउनमा अनेसासको ठुलो योगदान रहेको भन्दै शुभकामाना व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा लोक दोहरीका प्रसिद्ध गायक बिमल डागीको सत्तरी वर्षीय आमा रुपधनी डाँगी लाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा प्रतियोगितात्मक बालकविता वाचन गरिएको थियो । निर्णायक समितिमा प्रविन भट्टराई, ज्योति पौडेल, डा. तारा निरौला र पुनम काप्mले हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा मिलि श्रेष्ठ प्रथम, कविन शाह दोस्रा र रायन श्रेष्ठ तेस्रा भएका थिए । त्यसपछि बयस्क कविता वाचनको कार्यक्रम सम्पन्न भएको थियो । पचास भन्दा बढी कविहरुले विभिन्न विषयमा आआप्mनो कविता, गजल तथा हाइकु वाचन गर्नु भएको थियो । करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति पदम विश्वकर्माले अनेसासले विगत एक वर्षमा सम्पन्न गरेको कार्यहरूको जानकारी दिदैं सभाको विर्सजन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन लोकदोहरी गायिका स्वरकी धनी, कवि तथा अनेसास न्यु योर्क च्याप्टरकी महासचिव शकुन्तला ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रको अन्त्यमा शान्त रात्रिभोजको आयोजना गरिएको थियो ।   

 

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक