Similar Articles

विविध

प्रतिनायक विमोचन

बिराट नेपाल

प्रतिनायक विमोचन
काठमाडौँ । कथाकार एवम् समालोचक हरि अधिकारीद्धारा लिखित कथासंग्रह ‘प्रतिनायक’ विमोचन भएको छ । काठमाडौँको भृकुटिमण्डपमा भइरहेको २० औँ पुस्तक मेलाकापाँचौँ दिनमाउक्त पुस्तक विमोचन गरिएको हो ।

शिखा बुक्सले आयोजना गरेको उक्त कार्यक्रममा लेखकहरू नारायण वाग्ले, ध्रुव साप्कोटा र मोहनराज शर्माले संयुक्त रूपमा पुस्तक विमोचन गर्दै पुस्तकमाथिआफ्ना भनाइहरू राखेका थिए ।

१५ ओटा कथाहरू संग्रहित उक्त पुस्तकले अन्यौल, भ्रष्टाचार, वेतिथि र विवसताको सुस्केरालाई सरल भाषामा गम्भीर सन्देश दिएको धु्रव साप्कोटाले बताए । समकालीन जीवनको सजीव चित्रन उक्त पुस्तकले गरेको समेत उनले बताए । नारायण वाग्लेले भने पुस्तकको पात्रहरूमा मौलिखता पाएको बताए । त्यस्तै प्रमुख अतिथि मोहनराजशर्माले भने पुस्तकले समसामयिक विषयवस्तुलाई जोड दिएको भन्दै विसङ्गति विरुद्धको आवाज कथाले उजागर गरेको बताए ।

लेखक हरि अधिकारीले भने पाठकहरूको प्रेमले यहाँसम्म आइपुगेको बताउँदै पुस्तकको सबल वा दुर्वल पक्षमा पाठकहरूको प्रतिक्रिया अरिहार्य रहेको बताए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक