Similar Articles

विविध

रमिता लामा पत्रकारिता पुरस्कारबाट सम्मानित

बिराट नेपाल

रमिता लामा पत्रकारिता पुरस्कारबाट सम्मानित
प्रेमिला गौचन, टोकियो, जापान ।
भनिन्छ, कर्म गरे फल अवस्य मिल्छ, जीवनका आधा पाटा निरन्तर दाँया बाँया नलागी निरन्तर पत्रकारितामा समर्पित हुनु भएकी रमिता लामालाई न त द्वन्दकाल, हड्ताल, चक्काजामले नै छेक्यो न त भुकम्प, न त नाकावन्दिले न त अन्य विबिध कारणले नै । उनै अविवाहित कर्मठ पत्रकार रमिता लामा पुरस्कृत हुनु भएकी छन ।

रेडियो नेपालमा करीव २ दशक भन्दा लामो तामाङ समाचार वाचन गर्दै आउनु भएकी रमिता लामालाई तेज़ तिर्थ ट्रस्टले नगद रु ५० हजार सहित पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ । यो जनजाती महिला पत्रकारिताको क्षेत्रमा पुरस्कार पाउने लामा सबै भन्दा बढी राशिको पुरस्कार हो ।” तेज तिर्थ ट्रष्ट राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३” नामक पुरस्कारबाट सम्मानित रमिता लामा फोनिज, ( नेपाल जनजाती पत्रकार महासंघ ) नेपालका सल्लाहाकार र यस पँतिकारको सममकालिन सहयात्री पनि हुनुहुन्छ।

रेडियो नेपालमा २०५१ साल भदौ १ गते देखि तामाङ भाषाको समाचारबाट शुरु भएको र तामाङ भाषाको पहिलो समाचार वाचिका पनि हो र २०५० मा समाजकल्यण परिषद को समाज सेवा कायर्क्रमको सन्चालिका ‘सांसद फोनइन कायर्क्रम २०५१ देखि काय्रक्रम सह सन्चालिका र अन्य विशेष काय्रक्रम प्रस्तोता पनि हुनुहुन्छ।

उहाले रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम “स्याल्गार ” र तामाङ समाचार ” साङ्ग्युरा” चलाउदै आउनु भएको छ । तेज तिर्थ ट्रष्टले स्रष्टा र साहित्य क्षेत्र लगायत समाजमा योगदान दिने व्यक्तित्व लाई सम्मान गर्ने गर्दछ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक