Similar Articles

विविध

भर्जिनियाको मनाससमा नेपालीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने

बिराट नेपाल

भर्जिनियाको मनाससमा नेपालीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने
खेम भट्टचन ,वाशिंगटन डिसी /
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा अनेसासको रजत जयन्ती समारोह भर्जिनियाको मनाससमा आयोजना हुने भएको छ l आगामी जुन ४ र ५ तारिख , शनिवार र आइतबार दुई दिन सम्म रजत जयन्ती समारोह आयोजना हुने जानकारी संस्थाका केन्द्रीय अध्यक्ष पदम बिश्वोकर्माले बताए l

यस्तै गरी अनेसासका बोर्ड अफ ट्रस्टी (गुठि)का अध्यक्ष डा. श्याम कार्कीले, संस्था स्थापना भएको २५ वर्ष सम्म राजनीति नलागेको र नेपाली भाषा साहित्यको लागी विश्व व्यापी रूपमा लागि परेको यो संस्था एनआरएन भन्दा पनि धेरै मुलुकहरू ८५ राष्ट्रमा फैलिएको छ भनी भनेका छन् । 

संसारका विभिन्न मुलुकहरुबाट नेपालीहरू डिसी क्षेत्रको भंर्जिनियाको मनाससमा जम्मा हुँदैछन् । सम्मेलनमा भाग लिन नेपालका वरिष्ठ प्राध्यापक डा. खगेन्द्र लुईटेल भर्जिनिया आईसक्नु भएको छ । जापानबाट प्रकाश माईला तथा ध्रुब थापा आज भर्जिनिया आइपुग्दै छन् भने अन्य मुलुकहरुबाट ४ तारिख शनिवारको बिहान सम्ममा मनासस आई पुग्ने जानकारी डा. कार्कीले बताए । 

अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदी भन्छन्, यो सम्मेलनमा कविता वाचन गर्नेहरु मात्रै जानुपर्छ भन्ने छैन, अमेरिकाका विभिन्न राज्यहरू र विभिन्न मुलुकहरुबाट आउने नेपाली दाजुभाइ दिदिबहिनीहरुसंग चिनाजान गर्नको लागी मात्रै पनि रजत जयन्ती समारोहमा भाग लिन सकिन्छ l

रजत जयन्ती समारोह हुने स्थान यस प्रकार छ । 

Best Western Battlefield Inn ,1
Address: 10820 Balls Ford Rd, Manassas, VA 20109
Phone:(703) 361-8000

June 4, 5 2016


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक