Similar Articles

विविध

साहित्य र संस्कृतिलाई निरन्तर साटिने

बिराट नेपाल

साहित्य र संस्कृतिलाई निरन्तर साटिने
काठमाडौँ, नेपाल र बङ्गलादेशका साहित्यकारबीच साहित्य र संस्कृतिलाई निरन्तर आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको छ । बङ्गलादेश नेपाल मैत्री सङ्घबाट नेपाल स्रष्टा समाजलाई प्राप्त निमन्त्रणमा गएको सात जनाको टोलीसँगको शिखर भेलामा सङ्घले र समाजले साहित्य र संस्कृतिलाई निरन्तर आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको हो । टोली पाँच दिनको भ्रमणपछि शुक्रवार राजधानी फर्किएको हो ।

समाजका तर्फबाट अध्यक्ष पवन आलोक, जीवनाथ पोखरेल, प्राडा गोविन्दमानसिंह कार्की, मणिराज सिंह, गोपीकृष्ण ढुंगाना, मनोज ढुंगाना र शशि थापा पण्डित ढाका पुगेका थिए । ढाकास्थित शिल्पकला एकेडेमीमा भएको साहित्यिक एवं सांस्कृतिक शिखर भेलामा गोपीकृष्ण ढुंगानाको भूकम्पविशेषको अङ्ग्रेजी बालकथा सङ्ग्रह ‘१२ वैशाख’ विमोचन गर्दै बङ्गलादेशको संसदका उपसभामुख फजल रब्बी मियाले नेपाल र बंगलादेशबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध गहिरो भएकाले यसलाई अझ गाढा बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब साहित्यिक सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लेखनमार्फत सांस्कृतिक आदानप्रदान गर्नुपर्छ ।’ बङ्गलादेशका लागि नेपाली कार्यवाहक राजदूत सुशिलकुमार लम्सालले पनि विमोचनपछि बंगलादेशी नागरिक नेपालसँगको सम्बन्ध सुमधुर भएको चाहना राख्ने बताए । सङ्घकी महासचिव शेली सेनगुप्ता र सहसचिव सलाउद्दिन कुटुले साहित्यलाई निरन्तर साटासाट गर्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष पवन आलोकले साहित्य र संस्कृतिका अलावा जनता जनताबीचको सम्बन्ध पनि सुमधुर हुनुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष इम्दादूल हकले नेपाली र बंगालीबीच रहनसहन र विचार मिल्ने भएकाले सम्बन्धमा सहज भइरहेको धारणा राखेका थिए । कार्यक्रममा समाजमा आजीवन सदस्यहरू आलोक, पोखरेल, कार्की, सिंह, ढुंगानाद्धय र पण्डिले कविता वाचन गरेका थिए भने पोखराबाट पुगेका आठजनाको टोलीले नृत्य र गायन प्रस्तुत गरेको थियो । नेपाली साहित्यकारको टोलीलाई नेपाली दूतावास ढाकाले विशेष सम्मान कार्यक्रमको आयोजना गरी रात्रि भोज प्रदान गरेको थियो । उक्त कार्यक्रममा उपसभामुख मिया, कार्यवाहक राजदूत लम्साल, सङ्घका अध्यक्ष हक, सङ्घकी महासचिव शेली सेनगुप्ता, डा. रन्जित विश्वास, आलोक, कार्कीले नेपाल र बंगलादेशबीचको साहित्यिक, सांस्कृतिक सम्बन्ध र अबका दिनमा निभाउनु पर्ने भूमिकाबारे बोलेका थिए । नेपाली र बंगलादेशी साहित्यकारले रचना वाचन गरेका थिए ।

समाजका तर्फबाट आलोकले मिया, लम्साल, हक, गुप्ता, विश्वास, कुटु लगायतलाई नेपाल झल्कने उपहार प्रदान गरेका थिए भने सङ्घले साहित्यिक र सांस्कृतिक टोलीमा १५ जनालाई ‘सम्मान–पत्र’ र विभिन्न उपहार प्रदान गरेको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक