Similar Articles

विविध

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे-पत्रकार भेटघाट कार्यक्रम

बिराट नेपाल

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे-पत्रकार भेटघाट कार्यक्रम
न्यु योर्क, अमेरिका- जुन ५, २०१६
एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे अमेरिकाको न्यु योर्क, थकाली किचेन , ज्याक्सन हाइटमा, ५ जुन २०१६ आइतबार स्थानीय पत्रकारहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे जानकारी गराउने उद्धेश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष भोला आचार्य तथा अरू एक दर्जन भन्दा धेरै पत्रकार र स्थानीय एनआरएनएहरुको समेत उपस्थिति थियो ।

एनआरएन अमेरिकाका महासचिव स्वयमले मोडरेट गर्नु भएको सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद, द अमेरिकाजका लागि क्षेत्रीय संयोजक सोनाम लामा तथा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा केशव पौडेलले कार्यक्रमबारे जानकारी र प्रश्नहरूको जवाफ दिनुभएको थियो।

प्रेसनोट
१. एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे :
गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषदकाले हरेक दुई-दुई वर्षमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने गर्दछ । हाल सम्म विश्वका विभिन्न देशहरूमा गरी ८ वटा सम्मेलन सम्पन्न भैसकेका छन् भने यो ९ औं सम्मेलन हो । सौभाग्यबस यो ९ औं सम्मेलनको आयोजक हाम्रो भागमा परेको छ । यसलाई सफल गरेर विश्वका सम्पूर्ण नेपालीहरूका लागि सकारात्कम संदेश दिनु मात्र हैन संस्थागत रूपमा नयाँ परिवर्तन गर्नको लागि मार्ग-निर्देशन गर्नु पनि अर्को जिम्मेवारी भएको छ।   

२. सम्मेलन हुने मिति र स्थान
आगमी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा यो सम्मेलन हुने भएको छ । होटलको जानाकरी
DoubleTree by Hilton Hotel Newark Airport
128 Frontage Road, Newark, New Jersey, 07114, USA
TEL: +1-973-690-5500 FAX: +1-973-465-7195

www.newarkairport.doubletree.com

३. मूल नारा

सम्मेलनको प्रमुख नारा “NRNA VISION 2020 & BEYOND” चयन गरिएको छ । गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले धेरै पटक आफ्ना भनाइहरुमा अबको एनआरएन संस्था भनेको अलिक फरक रूपले जानु पर्ने कुरा राख्दै आउनु भएको छ । उहाँले आउने पुस्तालाई समेटेर उनीहरूको भलाइ अनि सक्रिय सहभागिता रहनु पर्ने कुरा एकातिर छ भने अर्को तिर हाम्रो नेपाली जनसङ्ख्या पनि हरेक देशमा बढेर गएको छ, गर्नु पर्ने धेरै काम धेरै छन्, धेरै चुनौतीहरू छन् र ती सबै सम्पन्न गर्नको लागि अबको संस्थाको भिजन देखि संस्थाको संरचना पनि परिवर्तन गर्नु पर्ने कुरा राख्नु भएको हो । तेही सो सोच र आवश्यकतालाई नयाँ ढङ्गले लैजान यो नारा तय गरिएको हो ।

४. सम्मेलनको तयारी

सम्मेलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि, गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषदका, द अमेरिकाजका लागि क्षेत्रीय संयोजक सोनाम लामाको संयोजक्त्वमा ९ सदस्य आयोजक कमिटी (Executive Committee)  à¤° २० वटा अरू विभिन्न कमिटीहरुको गठन गरिएको छ।

५. स्पनसर बारे जानकारी
यो पटक जम्मा ५ प्रकारका स्पनसरहरुको लागि व्यवस्था गरिएको छ। 1. Event Partner $10,000,  2. Platinum $7,500, 3. Gold $5,000, 4. Silver $3,000, 5. Supporters $1,000

६. एटेण्डेण्टस तथा रजिस्ट्रेशनबारे
यो सम्मेलनमा विश्वका विभिन्न ७३ देश्का गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा गैर आवासीय नेपाली सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, प्याट्रन, सल्लाहकार, विभिन्न कमिटीहरुका पदाधिकारीहरू समेत एटेण्डेण्टहुने छन् । एटेण्डेण्ट राजिस्ट्रेशनको लागि अमेरिकी २०० डलर निर्णय गरिएको छ भने सो रकममा २ वटा लन्च र २ वटा डिनर समेत इनक्लुड हुनेछ।  

७. सञ्चार संयोजन नियमित अपडेट
सम्पूर्ण सञ्चार माध्यम र पत्रकार साथीहरूको सूचनाको संयोजन गर्न गैर आवासीय नेपाली सङ्घका (अन्तरराष्ट्रिय समन्वय परिषदका) का लागि द अमेरिकाज रिजनल मिडिया कोअर्डिनेटर, कृष्ण के सीले गर्नु हुनेछ । सो सम्बन्धी सम्पूर्ण अपडेट तलको वेबसाइट र फेसबुकमा गरिने छ।
https://nrnnccusa.org

http://nrna.org.np/article-9th_NRNA_Regional_Conference

https://www.facebook.com/NRNNCCUSA/?ref=bookmarks


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक