Similar Articles

विविध

सम्झनामा फत्तेमान सार्वजनिक

बिराट नेपाल

सम्झनामा फत्तेमान सार्वजनिक
काठमाडौँ,२०७३ जेठ २४ 
वासु शशी स्मृति परिषद्ले वरिष्ठ गायक एवं सङ्गीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा ‘सम्झनामा फत्तेमान’ नामक कृतिको विमोचन तथा साङ्गीतिक समारोहको आयोजना गरेको छ । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सो कृतिको विमोचन गर्दै गायनमा एउटा उचाइ कायम गरेका गायक फत्तेमानलाई अब शब्द र स्वरमा भेटिने भएकाले त्यसको जगेर्ना तर्फ सचेत हुनुपर्ने बताए ।  
 
वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलले फत्तेमानको गायन निकै लोकप्रिय रहेको बताउँदै उनलाई अब स्मृतिमा जीवन्त राख्न र उनका गायनबारे अध्ययन अनुसन्धानमा सहयोग पु¥याउन परिवार र शुभेच्छुकहरुले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शम्भुजित वासकोटाले गायक फत्तेमान स्वर र सङ्गीतका मामिलामा स्पष्टवक्ता भएको बताए भने परिषदका सचिव एवं ग्रन्थका सम्पादक प्रद्युम्न जोशीले व्यक्तिगत जीवनमा सबैप्रति हार्दिकता राख्दै पाँच दशक भन्दा बढी साङ्गीतिक क्षेत्रमा विताउनु भएका गायक फत्तेमान कहिल्यै थाकेनन्, राष्ट्रलाई उनले नयाँ चेतना दिएको बताए । 
 
परिषदका अध्यक्ष कवि कृष्ण जोशीको सभापतित्वमा भएको सो समारोहमा फत्तेमानका कालजयी केही गीत प्रस्तुत गरिएको थियो । गायिका संगीता शाक्यले ‘यस्तो पनि हँुदो रहेछ, गायक शैलेश सिंह ‘बनै खायो डढेलोले, र युस्के के.सी.ले ‘रक्तिम अधर छ तिम्रो’ गाउनु भएको थियो  à¥¤  
 
चारसय भन्दा बढी गीत गाउनु भएका फत्तेमान राजभण्डारीको स्मृतिमा प्रकाशित ‘सम्झनामा फत्तेमान’ कृतिमा फत्तेमानको साङ्गीतिक यात्रा एवं संस्मरण गर्दै विभिन्न स्रष्टाहरू  à¤•à¤²à¤¾à¤•à¤¾à¤°à¤¹à¤°à¥à¤¦à¥à¤§à¤¾à¤°à¤¾ लेखिएका ७० वटा लेख रचनाहरू समावेश छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक