Similar Articles

विविध

क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ ऐतिहासिक बन्यो

बिराट नेपाल

क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ ऐतिहासिक बन्यो
मनोज थापा, काठमाडौँ । 
काठमाडौँ फोटोग्राफर सङ्घले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ अवार्ड भव्य रूपमा सम्पन्न भएको छ । क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६ फोटोग्राफर गौरव रिजालले जित्न सफल भएका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले अवार्ड प्रदान गरेका थिए । साथै अवार्ड कार्यक्रममा फाोटोग्राफर नन्द श्रेष्ठले दोस्रो तथा चौथो पुरस्कार प्राप्त गरेका छन् । सन्देश प्रजापति तेस्रो र किशोर रिजाल पाचौं भएका छन् । उनीहरूलाई क्याननका मार्केटिङ मेनेजर सुनिल त्रिवेदिले द्वितिय तथा तृतियलाई क्रमशः क्यानन ईओएस डिएसएलआर ७०डि, ७५०डि, १३००डि प्रदान गरेका थिए । त्यस्तै चौथो र पाँचौलाई विशेष पुरस्कार प्रदान गरियो भने उत्कृष्ट विष जना लाई गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो । यस अवार्डमा देशभरबाट ६८६ वटा फोटोहरू सहभागी भएका थिए । यस अवार्डमा उत्कृष्ट सयमा पर्न सफल फोटोहरूको प्रदर्शनी नेपाल आर्ट ग्यालरी बबरमहलमा जेठ ३०, ३१ र ३२ गते तिन दिन सम्म हुनेछ ।

अवार्ड कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपालको पर्यटन प्रवद्घनमा फोटोग्राफरको ठुलो भूमिका रहेको कुरा बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले फोटोग्राफी पेसालाई कसरी आकर्षक र सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिँदै प्रविधिले पेसालाई चुनौती दिए पनि नयाँ अवसरहरू पनि सिर्जना गरेको विचार राखेका थिए । कार्यक्रममा व्यावसायिक फोटोग्राफर तथा निर्णायक राजभाई सुवाल, क्याननको तर्फबाट सुनिल त्रिवेदी तथा फोटो कन्सर्न प्रा.लिई. का दिनेश अर्यालले मन्तव्य दिएका थिए । 

त्यस्तै पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष गुरुप्रसाद तिवारी तथा चितवन फोटोग्राफी सङ्घका श्रीराम कंडेलले पनि मन्तव्य दिएका थिए । कार्यक्रमका संयोजक तथा पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठले विवाह फोटोग्राफीमा राम्रो भविष्य रहेको र फोटोग्राफरहरुले आफूलाई समयानुकुल परिवर्तन गरी ग्राहकको चाहाना अनुसार काम गर्न सकेको खण्डमा विवाह फोटोग्राफीबाट राम्रोसँग जिविकोपार्जन गर्न सकिने बताए । उहाँले यो अवार्ड कार्यक्रमबाट विवाहमा गरिने नेपाली संस्कृतिलाई विश्व सामु चिनाउन सकिने पनि धारणा व्यक्त गरे । कार्यक्रममा क्याननका अफिसियल फोटोग्रफर आयसु माथेमाले फाटोग्राफी सम्बन्धी टिप्सहरुको विशेष प्रस्तुति प्रस्तुत गरेका थिए ।

सङ्घका अध्यक्ष भवदेव थापाले नयाँ प्रविधि र सिपलाई सही उपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै यो व्यवसाय सुरक्षित हुने बताए  à¤«à¥‹à¤Ÿà¥‹à¤—्राफी पेसा सिर्जनशील पेसा हो र यसका लागि ज्ञान, सिप, दक्षता र आवश्यक न्यूनतम पूर्वाधार तथा साधनहरू व्यवस्था गरेर मात्र व्यावसायिकरुपमा फोटोग्राफी आग्रह  à¤—रे । अवार्ड कार्यक्रममा ५०० भन्दा बढी फोटोग्राफरहरु उपस्थित भएका थिए ।

क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१६  गौरव रिजालले जिते


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक