Similar Articles

४० औं राष्ट्रियता मेलमिलाप दिवस तथा नव वर्षका २०१६ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो--४० औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष सन् २०१६ को उपलक्ष्यमा कोलोराडोमा एक समारोह बिच शुभकामना आदान प्रदान कार्यक्रम  à¤¸à¤®à¥à¤ªà¤¨à¥à¤¨ गरिएको छ ।

नेपाली जन सम्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रमा  à¤•à¥‹à¤²à¥‹à¤°à¤¾à¤¡à¥‹à¤®à¤¾ क्रियाशील सङ्घ संस्था प्रतिनिधि, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 
४० औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष सन् २०१६ को उपलक्ष्यमा कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरुले देश विदेशमा रहेका सबै नेपालीहरूलाई शुभकामाना दिँदै मातृभूमि नेपालमा रहेका राजनैतिक दलका नेताहरूको सद्बुद्धि पलाओस भन्ने कामना गरे ।

उनीहरूले भूकम्पले बनाएको घाउमा खाटा बस्न नपाउदै मधेस आन्दोलन र भारतीय नाकाबन्दीले घाउमा नुन चुक लगाउने काम गरेको बताए । भारतले अनावश्यक दुःख दिएको भन्दै यसमा नेपाली नेताहरू पनि त्यत्तिकै जिम्मेवार रहेको धारण व्यक्त गरे । वक्ताहरुले राष्ट्रियता ओझेलमा परेको वर्तमान अवस्थामा महा मानव  à¤µà¤¿à¤ªà¥€à¤²à¥‡ २०३३ सालमा अधिसारेका राष्ट्रिय मेल मिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको औल्याएका थिए ।  à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¥‹ अवस्था अहिले ज्यादै कहाली लाग्दो जाडोको कारण मानिसहरूको अकालमा ज्यान जान थालेको बताउदै उनीहरूले सन् २०१६ को सुरुआत सँगै यो समस्याको चाडैनै अन्त्य हुने आशा व्यक्त गरे । 

यसरी शुभकामना मन्तव्य दिने अतिथिहरूमा नेपाली जन संम्पर्क अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार द्धय बुद्धि लामीछाने, पुरुषोत्तम पाण्डे, पूर्व केन्द्रीय सदस्य जगन्नाथ गौतम, एनआरएन कोलोराडोका अध्यक्ष वासुदेव खनाल,  à¤¨à¥‡à¤µà¤¾ खलका अध्यक्ष एवं कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रेम काजी श्रेष्ठ, र सदस्य लालकुमार रेग्मी लगायतका रहेका थिए । 

ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पछि विपीको फोटोमा माल्यार्पण गर्दै सुरु भएको कार्यक्रममा च्याप्टरका उपाध्यक्ष निरा गौतमले अतिथीहरुलाई स्वागत गरेकी थिइन भने माहसचिव ज्ञानेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा केही वक्ताहरुले निकट भविष्यमा हुनलागेको नेपाली काग्रेसको माहाधिवेसमा अमेरिकाबाट भागलिन जाने प्रतिनिधिहरू नेताको पछि नलागी अमेरिका च्याप्टरको साझा धारणा बनाई अघिबढ्नु पर्ने सल्लाह दिएका थिए । उनीहरूले नेतृत्व वर्गले सहिबाटो पहिल्याउन नसक्दा मातृभूमि नेपालमा यो दुर्गति भएको भन्दै नयाँ पुस्ताको हातमा पार्टी नेतृत्व सुम्पन आगामी माहाधिवेसन सफल रहने आसा व्यक्त गरे । 
 
कार्यक्रम नेपाली जन सम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभापतिको आसन बाट कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद  à¤¦à¤¿à¤à¤¦à¥ˆ भण्डारीले महा मानव विपीको प्रति श्रद्धा सुमन अर्पण गर्न तथा नेपालका राजनैतिक नेतृत्व वर्गलाई उहाँले अघिसार्नु भएको राष्ट्रिय मेल मिलापको नीतिको स्मरण गराउनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए । कार्यक्रमको अन्यमा सबै सहभागीहरुले एक आपसमा नयाँ वर्ष सन् २०१६ को उपलक्षमा शुभकामना आदान प्रदान गर्दै मातृ भूमिको वर्तमान जटिल अवस्थाको चाडै अन्यहुने र सबै नेपाली दाजु भाइ ,दिदी बहिनीको उन्नति प्रगति हुने आशा  à¤—रेका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक