Similar Articles

अमेरिकामा नेपाल यु एस ट्राभल मिडिया समिट २०१६ सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल डट सम्बादाता, कोलोराडो ।
कोलोराडोको डेन्भर स्थित होटेल होलिडे यिनमा जुन २०, २०१६ सोमबारको दिन एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । गत वर्षको महाभूकम्प पछि बिग्रिएको नेपालको पर्यटन छविलाई सुधार गर्दै नेपाल पर्यटनको लागि सुरक्षित छ भन्ने संदेश संसार भर प्रवाह गर्न यो समिटको आयोजना गरिएको हो । इटुर्बो न्युज (ETN) र नेपाल टुरिजम बोर्डको संयुक्त तत्वाबधानमा अमेरिकाका पाँच सहरमा सञ्चालन हुन गैरहेको यो कार्यक्रम डेनभरबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राई मुख्य अतिथि रहनु भएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, सहसचिव घनश्याम रेग्मी र नेपाल-अमेरिका पर्यटन व्यवसायमा आबद्ध रहेका नेपाल स्थित १५ विभिन्न ट्राभल एजेन्सी तथा होटलका प्रतिधिनिहरु र कोलोराडो स्थित ३५ विभिन्न पर्यटन प्रबर्धन सम्बन्धी संस्थाहरू र मिडिया एजेन्सीहरुको संलग्नता थियो ।
 
तिन चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरण मिडिया राउण्ड टेबलबाट सुरु भएको थियो । इटुर्बो न्युजका पब्लिशर Juergen T Steinmetz र Nel webster ले सञ्चालन गर्नु भएको उक्त राउण्ड टेबलमा लिटल थिङस नामक प्रसिद्ध ट्राभल ब्लगकि सम्पादक Marissa Sutera ले नेपालमा सफारी क्याम्पमा जाने पर्यटकले बस्ने, खाने र रात बिताउने ठाउँबारे आफ्नो जिज्ञासा राखेकी थिइन । त्यस्तै गोवोर्ल्ड ट्राभल नामक पत्रिकाकी सम्पादक Janna Grabbar ले नेपालका पर्यटकीय स्थलहरुबारे विभिन्न जिज्ञासा राखेकी थिइन । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले सबैका जिज्ञासाहरूको उत्तर दिनु भएको थियो । कोलोराडो स्थित नेपालीहरूको प्रतिनिधित्व गर्दै रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका महासचिव विनोद त्रिपाठी र कोलोराडो नेपाली मिडियाको तर्फबाट बिआरटी नेपालका कार्यकारी सम्पादक शैलेश पोखरेलको उक्त कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रमको दोस्रो चरणमा पर्यटन सचिव प्रेम कुमार राईले उपस्थित सबैलाई स्वागत गर्दै नेपालको बहु आयामिक पर्यटकीय महत्वको बारेमा प्रकाश पर्दै अमेरिकी सरकारले पर्यटन विकासमा गरेको सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालका पर्यटकीय गन्तब्य स्थल सम्बन्धी प्रकाश पर्दै पावर प्वाइण्ट प्रिजेन्टेशन गर्नु भएको थियो । कार्यक्रममा अमेरिकाबाट २०१४ मा करिब ५० हजार तथा २०१५ मा ४३,००० पर्यटक नेपाल गएको र भारत र चिन पछि नेपाल जाने पर्यटक सङ्ख्याको हिसाबले अमेरिकाको स्थान तेस्रो रहेको जानकारी दिइएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा नेपालबाट आउनु भएका पर्यटन व्यवसायीहरुले यहाँ स्थित पर्यटन व्यवसायीहरु र मिडिया प्रतिनिधिहरूलाई पालै पालो  à¤†à¤«à¥à¤¨à¥‹ एजेन्सीले पुर्याउने पर्यटन सेवा सम्बन्धी जानकारी गराउंदै नेपालको पर्यटन प्रबर्धन सम्बन्धी गतिविधि सञ्चालन गर्नु भएको थियो । 

आगामी कार्यक्रम फिनिक्स, लस एञ्जेल्स, सनफ्रान्सिस्को र सियाटलमा सञ्चालन गरिने जानकारी संचालकहरुले दिएका छन् । कार्यक्रमको अन्त्यमा सहभागीहरुले नेपालको पर्यटनमा रहेको असुरक्षा सम्बन्धी भ्रम हटेको र नेपाल एक अदितिय पर्यटक गन्तब्य स्थल रहेको आफूले महसुस गरेको बताएका छन् । फोटो: शैलेश पोखरेल

अमेरिकामा नेपाल यु एस ट्राभल मिडिया समिट २०१६ सम्पन्न

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक