Similar Articles

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो अमेरिका ।
कोलोराडोमा शनिवार बिआरटी नेपाल डट कमको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि विनोद रोक्काको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय सङ्घ सस्थाका प्रतिनिधि, बुद्धि जिवी, कलाकार, पत्रकार, ब्यबसाइ तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुमा एटर्नि रोक्काले ईमिग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरू र त्यसका समाधानका उपायहरू बारे बताएका थिए । त्यसको साथ साथै उनले विदेशमा बस्दा सबैले पालन गर्नुपर्ने नियम कानुनहरू तथा तत्काल अमेरिकाले ईमिग्रेण्टहरुलाई लक्ष गरेर संशोधन गरेका नियम कानुनहरुका बारेमा कार्यक्रममा सहभागीहरुलाई जानाकारी गराएका थिए । 

कार्यक्रमको दोस्रो चरणमा सहभागीहरू सँगको प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यस चरणमा विशेष गरेर सहभागिहरुले टिपीएसको बारेमा धेरै प्रश्न गरेका थिए । त्यस्तै गरी उनीहरूले विभिन्न भिसामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरू, ग्रिनकार्ड होल्डरहरु नेपालमा ६ महिना भन्दा बढी बस्दा पर्ने समस्या, आºना आफन्तलाई लिएर आउने जस्ता प्रक्रिया र कागजपत्रका बारेमा दुई दर्जन भन्दा बढीले प्रश्न गरेका थिए ।

सहभागीहरुको जिज्ञासाको समाधानको क्रममा एटर्नि रोक्काले महा भूकम्प पछि अमेरिकाले नेपाललाई ब्यपार व्यवसाय लगायत धेरै कुरामा सुविधा दिएका कारण तथा ओबामाको यो अन्तिम वर्ष भएका कारण टिपिएस लम्बिन सक्ने सम्भावना रहेको जनाए । त्यसैगरि उनले शरणर्थि मुद्धा लडिरेका नेपालीहरूको एकै किसिमका घटनाका कथाहरूमा कोहीको स्वीकार हुनु र कोहीको अस्वीकार नहुनुमा व्यक्तिको हाउभाउ र प्रस्तुतिले फरक पार्ने बताए ।  

एटर्नी रोकाले आफूले सकेसम्म नेपालीको सहगोग गर्ने गरेको । तर कतिपय केशहरुको प्रक्रिया बिग्रिएपछि मात्र सहयोगको लागि आउने गरेकोले त्यस्ता केशहरु समाधान गर्न कठिनहुने गरेको उदाहरणहरू प्रस्तुत गरे । उनले कुनै प्रक्रिया सुरु गर्नु अगाडि सोच बिचार गरी दुई, चार पैसाको मुख नहेरी प्रक्रिया पुरागरि अगाडी बढ्न सबैलाइृ सुझाव दिए । कार्यक्रममा डालास टेक्सासबाट आएका देवी आचार्यको परिचय सहित उनको संस्था HDNP मार्फत नेपाल तथा डालासमा गरिएको सहयोगको बारेमा पनि बताइएको थियो ।

कार्यक्रमको अन्तमा बिआरटी नेपालका कार्यकारी सम्पादक शैलेश पोखरेलबाट आउने सबैलाई तथा खाना उपलब्ध गराइदिने शेर्पा रेस्टुरेन्ट, बोल्डरलाई धन्यवाद दिई कार्यक्रम  समाप्त भएको घोषणा गरेका थिए । साथै उक्त कार्यक्रमको बिआरटी नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

फोटो: भुपेन्द्र महत, नातिबाबु भट्ट, शैलेश पोखरेल 

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न
कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक