आज जुलाई १० का दिन रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजना यसपालि पनि भलिबल प्रतियोगिता समपन्न भएको छ । अमेरिकाको कोलोराडो राज्यका स्थानीय ७ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा यसपटक गुरुङ टिमले बाजी मारेको छ । कडा प्रस्तिस्पर्धा बिच शेर्पा हाउस भने उपबिजेता बनेको छ । गोर्खाली टिम, गुरुङ टिम, शेर्पा हाउस, टिम शेर्पा, सिकारी टिम, CYNC टिम र अरोरा टिम सहभागी भएको उक्त प्रतियोगिताले आपसी सदभाव र आफन्त्व अभिब्रिदी गर्न सहयोग पुग्न्ने उद्देश्य अनुरूप रक्की माउन्टेन फ्रेन्ड अफ नेपाल प्रत्येक वर्ष समरमा विभिन्न खेलको आयोजना गर्दै आइरहेको छ ।
ब्रूमफिल्ड स्थित वेष्ट भिउ रेक सेन्टरमा सम्पन यो प्रतियोगितमा यस पटक सर्वाधिक रूपमा ७ वटा टिमले भाग लिएको हो । यसको अलवा हिजो जुलाई ९ का दिन साइकल रेसको पनि आयोजना गरिएको थियो जसमा रोहित श्रेष्ठले अग्रता लिएका थिए भने अरबिन खनाल र निरज चौधरी क्रमश: द्दितिय र त्रितिय स्थान हासिल गरेका थिए । त्यस्तै उक्त प्रतियोगितको महिला तर्फ आकृति ग्यावली र युवा तर्फ संचित शर्माले उपाधी हात परेका थिए । यस बाहेक गल्फ, टेनिस, फुटबाल, निबन्ध प्रतियोगित आदिको आयोजना गरिने र विजेतालाई जुलाई १७ मा हुने समर पिकनिकको अवसरमा पुरस्कृत गरिने छ ।