बिराट नेपाल
2016-07-18
नातिबाबु भट्ट, जुलाई १७, २०१६ ।
अमेरिका स्थित कोलोराडोमा रहेका नेपालीहरू बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम सँगै आइतबार सम्पन्न भयो ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झन्डै ८ सय भन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो ।
पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सक्रिय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यामीक स्कुलमा अध्यानरत छात्र छात्रा बिच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमश १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो । प्रतियोगितामा ९ जनाले भाग लिएका थिए ।
त्यस्तै आयोजक संस्थाको समन्वयमा विभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलिबल बाइ साइकल रेस बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका विजयी प्रतियोगीहरुलाई स्थानीय नर्थग्लेन सिटीका मियर ज्वाईसी डाउन्निङ, समाज सेवी डा.विष्णु श्रेष्ठ, गायिका नलिना चित्रकार, संस्था अध्यक्ष शरद आचार्य, नेपाली घरका महासचिव लक्ष्यमण राना, नेपाली जन संम्पर्क समिति कोलोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएनका अध्यक्ष वासुदेव खनाल, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ, मनोज श्रेष्ठ लगायतका विभिन्न अतिथीहरुबाट संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा यस वर्ष १२ कक्षा उतिर्ण गरेका र कलेज उतिर्ण गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई समेत सम्मान गरिएको थियो । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न फार्मर इन्सुरेन्सले लक्कि ड्र खेलाएको थियो । जसमा बिरेन्द्रराज उपाध्ययले स्यामसुम ग्यालेक्सीको ट्यावलेट जितेका थिए ।
बाल बालिका, वृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउने मानिसहरूको उपस्थिति भने शून्य नै थियो । ठुलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरू एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा पिकनिक सहभागी भई कार्यक्रमलाई सहयोग गर्ने अतिथि लगायत सबैलाई आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य र सल्लाहकार जगन्नाथ गौतमले धन्यवाद दिएका थिए ।
फोटो: नातिबाबु भट्ट, शैलेश पोखरेल
VIDEO
Post Comments Using Facebook
Your Comments